Suvadin, Home

शंका, उपशंका मात्रै होइन बम विष्फाेट गर्नेलार्इ राम्राेसँग चिन्छुः उपेन्द्र यादव

दिन प्रतिदिन विभिन्न सभा र स्थानहरूमा बम विष्फाेटले सर्वसाधारणमा त्रास बढेकाे उल्लेख गरेका छन्। निर्वाचन बिथाेल्न गरिएका यस्ता प्रयासले खासै उपलब्धि नहुने समेत यादवकाे जिकिर रहकाे छ।
उपेन्द्र यादव।

काठमाडाैं,मसिंर १७ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई लक्षित गरी बम प्रहार गराउने व्यक्तिलाई आफूले चिनेको बताएका छन्। यादवले बम प्रहार गर्ने व्यक्तिकाे पहिचान अहिले खुलाउन चाहेनन्।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर-३ का उम्मेदवार राजेन्द्र महतोको चुनावी सभाका लागि धनुषाको फूलगामा पुगेका थिए। उक्त चुनावी सभामा सहभागी भएर राजविराजतर्फ फर्किने क्रममा यादवलाई लक्षित गरि शनिबार साँझ बम प्रहार गरिएको थियो।

यादव सवार गाडीलार्इ लक्षित गरेर प्रहार गरिएकाे बम उनकाे गाडी भन्दा केहि मिटर पर पडिकएकाले उनी सुरक्षित छन्। यादवले भने,‘बम कसले राखेको भन्ने थाहा छ, शंका, उप-शंका मात्रै होइन, बिष्फोट गराउने मान्छेलाई राम्नाेसँग चिन्छु, चुनावपछि नाम सार्वजनिक गर्छु।’

उनले राजेन्द्र महतोको चुनावी सभामा समावेश नहाेस भनेर यस्ताे प्रयास गरिएकाे बताउँदै फोनमार्फत पनि र प्रत्यक्ष रुपमा सभामा नजान धेरै प्रयास गरिएकाे उन्ले खुलाएका छन्। तर, गठबन्धनमा जानु उन्ले अाफ्नाे नैतिक जिम्मेबारी रहेकाे बताएका छन्।

यादवले मुलुकमा सरकार पक्ष कमजाेर भएर यस्ता घटनाहरू मैलाएकाे टिप्पणी गरेका छन्। दिन प्रतिदिन विभिन्न सभा र स्थानहरूमा बम विष्फाेटले सर्वसाधारणमा त्रास बढेकाे उल्लेख गरेका छन्। निर्वाचन विथाेल्न गरिएका यस्ता प्रयासले खासै उपलब्धि नहुने समेत यादवकाे जिकिर रहकाे छ।


 

More form the Internet

loading...