Suvadin, Home


राजपाद्वारा संसदमा अवरोध, लाल प्रतिवेदन सार्वजनिक गर्न माग  

Author's Commentary

राजपाद्वारा लाल प्रतिवेदन सार्वजनिक गर्न माग  

Sb Saud |

काठमाडौं चैत्र ३ - राष्ट्रिय जनता पार्टी राजपाले पूर्व न्यायाधीश गिरिसचन्द्रलाल नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । सरकारले सो प्रतिवेदन सार्वजनिक नगर्दा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी जन्म कैदको सजाय भोग्न बाध्य भएको राजपाको तर्क छ । 

प्रतिनिधि सभाको बैठकको सुरुमा समय लिएर बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक नभएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्याए । राजपाको अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । 

संविधानको विरोध गर्दै राजपाले गरेको आन्दोलनका कारण भएको टिकापुर घटनालगायत तराई मधेश आन्दोलनको अध्ययन गरी प्रतिवेदन बनाउन सरकारले पूर्वन्यायाधीश लालको नेतृत्वमा आयोग बनाएको थियो । सो आयोगले सरकारलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक भएको छैन ।

सोही विषयलाई लिएर राजपाले यसअघि पनि संसद बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका थिए । 


 

More form the Internet

loading...