Suvadin, Home
Citizen Bank 438.2k

Cover Image

राजदूत शेर्पाले छिट्टै राजीनामा दिन्छिन्ः सञ्चारमन्त्री बाँस्कोटा

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजदूत शेर्पालाई बर्खास्त नगरिएको स्पष्टीकरण दिएका हुन्।

काठमाडौं, २६ पुस – सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त नगरेको बताएका छन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजदूत शेर्पालाई बर्खास्त नगरिएको स्पष्टीकरण दिएका हुन्।

उनले राजदूत शेर्पालाई निकास दिनका लागि आग्रह गरिएको र केही दिनमै उनले राजीनामा दिने सरकारको विश्वास रहेको बताए।


 

More form the Internet

loading...