Suvadin, Home

उपराष्ट्रपति पुन यूएनको विशेष समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका छन् । भियना-अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति पुनसँगै  स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी भएका हुन् । 

भियना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो । सो केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटे«सले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ् भएर लागेको बताए । 

उनले विश्वको शान्तिका लागि भइरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउँदै लैजाने बताए । 

उपराष्ट्रपति पुन आज (मंगलबार) आर-२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने कार्यक्रम रहेको छ । 


 

More form the Internet

loading...