Suvadin, Home

भियतनामी पूर्व प्रधानमन्त्री फान भान खार्इको निधन

भियतनामका पूर्वप्रधानमन्त्री फान भान खार्इको शनिबार ८५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म सन् १९३३ को डिसेम्बर २५ का दिन कुची जिल्लाको हो ची मिन्ह शहरमा भएको थियो। मुलुकको पहिलो दर्जामा पर्ने पार्टी र राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका नेताका रुपमा उहाँलाई चिनिन्छ।
भियतनामी पूर्व प्रधानमन्त्री फान भान खार्इ।

भियतनाम, चैत ३ – भियतनामका पूर्वप्रधानमन्त्री फान भान खार्इको शनिबार ८५ वर्षको उमेरमा निधन भएको छ। 

उहाँको जन्म सन् १९३३ को डिसेम्बर २५ का दिन कुची जिल्लाको हो ची मिन्ह शहरमा भएको थियो। 

मुलुकको पहिलो दर्जामा पर्ने पार्टी र राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका नेताका रुपमा उहाँलाई चिनिन्छ। 

त्यसैगरी राज्यका विभिन्न अंगहरुको निर्माण, देशको क्षमतालाई अर्थतन्त्र शसक्तिकरणका लागि उपयोग गरेको, निजी क्षेत्रका लागि ढोका खोलेको, अन्तरराष्ट्रियस्तरमा सहकार्य सुरुवात गराएको लगायतका योगदान रहेका समाचार संस्थाहरुले शनिबार जनाएका छन्। 

उहाँ दुई कार्यकाल भियतनामको प्रधानमन्त्री बन्नु भएको थियो। त्यति बेला उहाँले केही कानूनहरु बनाउन उल्लेख्य भूमिका खेल्नु भएको थियो।


 

More form the Internet

loading...