Suvadin, Home

Cover Image

काभ्रेपलाञ्चोकमा आठ हजारभन्दा बढी मत बदर

काभ्रे, मंसिर २८ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा ८ हजार २ सय ९९ (४ दशमलव ३०) प्रतिशत मत बदर भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा ४ हजार ९९ मत बदर भएको हो। 

मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिएका छन्। 

'हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनाैँ, त्यस्तो त्रुटि पनि देखियो' – उनले भने। कुल २ लाख ७२ हजार २ सय ९२ मतदाता रहेको जिल्लामा १ लाख ९२ हजार ८ सय ७० मत खसेको थियो। 

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा १ लाख ३३ हजार ७ सय ७८ मतदाता रहेकामा ९३ हजार ५ सय ४२ मत खसेको थियो। र, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा १ लाख ३८ हजार ५ सय १८ मतदाता रहेकामा ९९ हजार ३२८ मत खसेको थियो। काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ।


 

More form the Internet

loading...