Suvadin, Home
Nepal Telecom 1.233M

पाल्पामा एक लाख ८१ हजार मतदाता

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार दुई सय ४६ मतदाता सहभागी हुँदैछन्।
सा‌ं‌केतिक तस्बिर।

पाल्पा, असोज २६– आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार दुई सय ४६ मतदाता सहभागी हुँदैछन्।

ती मध्ये ९४ हजार आठ सय २९ महिला, ८६ हजार चार सय १६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा एक लाख ६२ हजार दुई सय ५५ मतदाताले नाम दर्ता गराएका थिए।

जिल्ला निर्वाचन कार्यालय, पाल्पाले गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरेको तस्वीरसहितको मतदाता नामावली संकलनबाट जिल्लामा २० हजार आठ सय ११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

नाम दर्ता गराएकामध्ये १८ हजार नौ सय ९१ जनाले मात्र आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ।


 

More form the Internet

loading...