Suvadin, Home

राष्ट्रपति निर्वाचनः सबैजसो शीर्ष नेताद्वारा मतदान

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले मतदान गरेका छन्। यसैगरी नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवालले पनि मतदान गरेका छन्।

काठमाडौं, फागुन २९ – राष्ट्रपति पदका लागि वानेश्वरस्थित संसद भवनमा निर्वाचन जारी छ। निर्वाचनमा मतदाता रहेका सबैजसो शीर्ष नेताहरुले मतदान गरिसकेका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताले मतदान गरेका छन्।

यसैगरी नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवालले पनि मतदान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले मङ्गलबार जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले मतदान गर्ने भनिएको छ। 

नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले पनि मतदान गरेका छन्। 

यसैगरी राजपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले पनि मतदान गरिसकेका छन्।

तर, प्रतिनिधि सभा सदस्य रहेपनि नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भने मतदान गरेनन्।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै आएकाले मतदान नगरेको नयाँशक्तिले यसअघि नै सार्वजनिक गरिसकेको छ।

यसैगरी विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ। 

प्रदेश सभा संसदीय दल प्रदेश नम्बर ३ का नेता रमेश पौड्यालले मङ्गलबार विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका छन्। 
 


 

More form the Internet

loading...