Suvadin, Home

Cover Image

स्थानीय तहका उम्मेद्‍वारलाई निर्वाचन चिन्ह प्रदान

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका स्थानीय तहका उम्मेद्‍वारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । 

काठमाडौं । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका स्थानीय तहका उम्मेद्‍वारलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । 

आयोगले स्थानीय तहका उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष गरी २ सय ७३ जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।

स्थानीय तहका कुल २ सय ७३ जना उम्मेदवारमध्ये पुरुष २ सय ४८ जना छन् भने महिला २५ जना मात्र रहेका छन् । स्थानीय तहमा राजनीतिक दलका २ सय १३ जना उम्मेदवार छन् भने स्वतन्त्र ६० जना उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएकाहरूलाई यसअघि नै निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।


 

More form the Internet

loading...