Suvadin, Home

३२ जिल्लामा मतदान
चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

मुलुकका  ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान शुरु भएको छ।
दार्चुलामा मतदान।

काठमाडौं, मंसिर १०– मुलुकका  ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान शुरु भएको छ।

प्रदेश नम्बर १ का ७, प्रदेश नम्बर ३ का ६, प्रदेश नम्बर ४ का ६, प्रदेश नम्बर ५ का २, प्रदेश नम्बर ६ का ७ र प्रदेश नम्बर ७ का ४ जिल्लामा आइतबार बिहान ७ बजेबाट मतदान शुरु भएको हो।

चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ। 

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वा्चित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा सात सय दुई उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यो निर्वाचनमा ३१ लाख ९१ हजार नौ लाख ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्।

पहिलो चरणको निर्वाचनमा दुई हजार नौ सय १९ मतदानस्थल र चार हजार चार सय ६५ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ। 

अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने छन्। 

मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ। 


 


 

More form the Internet

loading...