Suvadin, Home

स्थानीय तहकाे निर्वाचन
मतदाता परिचयपत्र छुट्याे? यसरी गर्न सकिन्छ मतदान

 फाेटाेसहितकाे मतदाता परिचयपत्रमा तपार्इकाे नाम छ। तर, कुनै कारणबस परिचयपत्र पाउनु भएन भने  निरास नहुनुहाेस्। निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ। 
सांकेतिक तस्बिर।

काठमाडौँ, असार १३ - दाेस्राे चरणकाे स्थानीय तहकाे निर्वाचन बुधबार हुँदैछ। मतदानका लागि फाेटाेसहितकाे मतदाता परिचयपत्र अावश्यक पर्छ। निर्वाचन अायाेगले सम्बन्धीत मतदान केन्द्रमार्फत् अाज पनि मतदाता परिचयपत्र वितरण गरिरहेकाे छ।

फाेटाेसहितकाे मतदाता परिचयपत्रमा तपार्इकाे नाम छ। तर, कुनै कारणबस परिचयपत्र पाउनु भएन भने  निरास नहुनुहाेस्। निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ। 

निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम  समावेश  भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा, नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न पाउने अायाेगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 

मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। 

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।

 प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहको बुधबार मतदान हुँदैछ।  


 

More form the Internet

loading...