Suvadin, Home

पोखरेललाई मतदाताकाे प्रश्न, 'ट्यांकीकाण्डकाे वास्तविकता के हाे?'

पूर्वराजा ज्ञानेन्द्र शाहकाे माघ १९ काे घाेषणालगतै पक्राउ परेका तत्कालिन वाणिज्य तथा अापूर्तिमन्त्री पाेखरेलकाे घरमा खानतलासी गर्दा पानीट्यांकीमा पाेलिथिनले बेरेर राखेकाे अवस्थामा रकमका बन्डन भेटिएकाे प्रहरीकाे दावी छ।
एमाले महासचिव र्इश्वर पाेखरेल।

काठमाडौं, मंसिर १८ – नेकपा एमालेका महासचिव एवम् काठमाडाैं क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारलार्इ अाफ्नै पार्टी र कार्यकर्ताले 'ट्यांकीकाे पैसा' प्रकरण सम्झाइरहेका छन्।

महासचिव पाेखरेलसँग कार्यकर्ता तथा अाम मतदाताले ट्यांकी प्रकरणकाे प्रष्टीकरण मागेकाे हुन्। नेता पाेखरेल चुनावी सभालाई सम्बोधनको त्रममा होस् वा घरदैलो कार्यक्रम मतदाताले यही प्रश्न गर्दै आएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहकाे माघ १९ काे घाेषणालगतै पक्राउ परेका तत्कालिन वाणिज्य तथा अापूर्तिमन्त्री पाेखरेलकाे घरमा खानतलासी गर्दा पानीट्यांकीमा पाेलिथिनले बेरेर राखेकाे अवस्थामा रकमका बन्डन भेटिएकाे प्रहरीकाे दावी छ।

उक्त प्रकरणलार्इ महासचिव पाेखरेलले 'माघ १९' पुस्तकमा प्रष्टीकरण पनि दिएका छन्। तर, एमाले काठमाडाैंका एक प्रभावशाली नेताका अनुसार अापूर्तिमन्त्री भएपछि नेता र्इश्वर पाेखरेलकाे अार्थिक हैसियत चाहिँ उक्सिएकाे छ।

'उक्त प्रकरण अघिकाे र्इश्वर कामरेडकाे अार्थिक हैसियत र अहिलेकाे अार्थिक हैसियतमा अाकाश जमीनकाे फरक छ,' ती नेताले भने।


 

More form the Internet

loading...