Suvadin, Home

महिला मुक्तिकाे अान्दाेलनः प्रगति भएकाे छ, तर पूरा भएकाे छैन

महिलाहरुमा रहेको साहसकै कारण पुरुषहरु अबमहिलालाई हेप्ने उनीहरुको कमीकमजोरी खोतल्ने भन्दापनि आफूसरह उनीहरुको प्रगति भएको हेर्न चाहन्छन्। तर, पूर्ण रुपले नारी सशक्त र सबल हुन सकेका छैनन्, सबै क्षेत्रका  सबै महिला आफूमा आत्मनिर्भर हुन सकेका छैनन्। समान रुपले बनेको कानून होस् वा शिक्षित, अनि जति चेतनशील पुरुष होस् महिला शारीरिक, सामाजिक र संवेगात्मक रूपले सक्षम नभएसम्म पुरुषले हेपीरहने देखिन्छ।

निता सत्याल


नारीहरूका लागि पहुँचमा होइन, गुणस्तर र सिकाइमा समानता आवश्यक छ। महिला र पुरुषका भिन्नता तथा समानता के–के हुन् भन्ने विषयमा ठूला–ठूला बहस भएका छन्। त्यस्ता बहसबाट प्रत्यक्ष रुपमा कुनै उपलब्धी भएको पाइन्न। नारी दिवस मनाउने सवालमा बलात्कार र हत्याका विषयलाई भन्दा नारी पुरुषबीचको भिन्नतालाई मात्र नारी दिवसका विषय बनाइने हुँदा झनै यी दुई बिचमा दरार आएको पाइन्छ।

सहनशील र प्रगतिकी खानीनारी, नारीमा आत्मविश्वास, आत्मबल र धैर्यताप्रयाप्त हुन्छ। तर, हाम्रो पुर्खौंदेखिको पितृसत्तात्मक सोचले यी नारीका शाहसलाई दबाउँदै आएको छ। यस्ता विषयलाई हेर्दा अहिले हाम्रो समाजमा पूर्ण रुपले नभए पनि आंशिक रुपमा केही परिवर्तन आएको देखिन्छ। हरेक वर्ष मनाइने नारी दिवसले प्रत्यक्ष रुप मा नारीहरुलाई घच्घच्यार्इ रहेको छ।

नारी सशक्तीकणसँगै नारीलाई स्वतन्त्रता र नारी हिंसाविरुद्धका नाराले हरेक वर्षको नारी दिवससँगै उनीहरुको मनोबल बढिरहेको छ। साथै महिलाहरुको यो सबल पक्षले पुरुषहरुमा पनि केही बद्लाव देख्न सकिन्छ।

महिलाहरुमा रहेको साहसकै कारण पुरुषहरु अबमहिलालाई हेप्ने उनीहरुको कमीकमजोरी खोतल्ने भन्दापनि आफूसरह उनीहरुको प्रगति भएको हेर्न चाहन्छन्। तर, पूर्ण रुपले नारी सशक्त र सबल हुन सकेका छैनन्, सबै क्षेत्रका  सबै महिला आफूमा आत्मनिर्भर हुन सकेका छैनन्। समान रुपले बनेको कानून होस् वा शिक्षित, अनि जति चेतनशील पुरुष होस् महिला शारीरिक, सामाजिक र संवेगात्मक रूपले सक्षम नभएसम्म पुरुषले हेपीरहने देखिन्छ।

नारी दिवस एउटा औपचारिक रुपमा कुनै कार्यक्रम गरेर सिद्धान्त र भाषणका कुराले मात्रै सकिने गरेको छ। आवश्यक क्षेत्रमा प्रत्यक्ष पीडित महिलाहरुको कुरा अझै बाहिरिएको छैन। कतिपय कुरा बाहिरिन्छन्। तर, बिना निष्कर्ष टुङ्गिन्छन्।

दिन्दिनै घटेका महिला हिंसाको तथ्यांक निकालेर पीडकलाई उपयुक्त दण्ड सजाय तथा कानूनी रुपमा कारबाही नभएकै कारण यसको अन्त्य हुन सकेको छैन। यसैबीच विभिन्न पेशामा आबद्ध रहेका महिलाहरुले महिला पछाडि पर्नु महिला हिंसाको अन्त्य हुन नसक्नुको कारण र आफ्नो घरपरिवारबाट तथा श्रीमानले कस्तो सोच अनि साथ, सहयोग गर्नुहुन्छ भन्ने विषयमा यसरी बताउँछन्। 

'नारी आफैँमा कमजोर त छैनन् चाहेको खण्डमा देश हाक्ने क्षमता भएका महिलालाई कमजोर भन्न अनि महिला राष्ट्रपति भएको देशमा महिला पछाडि छन् भन्न मिल्दैन, तर हाम्रो देशमा नारी अतिपीडित छन्,' बानेश्वर क्याम्पसमा शिक्षण पेशामा कार्यरत रहेकी सम्झना खरेल भन्छिन्, 'हाम्रो समाजमा नारी दिवसभन्दा पनि नारी हिंसा नै दर्दनाक रहेको छ, नारी हिंसाको अन्त्य गर्ने एक दिनको नारी दिवस, गोष्ठी, भाषण मात्र सीमित हुनुहुन्न। हामी जस्ता शिक्षित महिलाले त आफनो पेशादेखि घर परिवारसम्म हिंसा भोगिरहेका हुन्छौं भने अशिक्षित महिलाहरुको काहालीलाग्दो वास्तविकताको अन्त्य हुन गाह्रै छ।

तर महिला उत्थान अनि उनीहरु पीडाबाट मुक्त हुन शिक्षा र आत्मनिर्भरको जरुरी रहने खरेलको धारणा छ। सामान्यतया घरपरिवारको साथ र समर्थन नपाइने हैन, हामी जस्ता शिक्षितमहिलाको घरपरिवारमाशोषण, हिंसा त एकदमकम छन्बाहिर काम गरेर आएपछि घरपरिवारको काममा श्रीमानले पनि सहयोग गर्नुहुन्छ तर बाहिरी पेशा कार्यालयमा भने केही न केही कुरामा विभेद पाइन्छ। 

शिल्पी थिएटर अाबद्ध नेपाली रङ्गमञ्चकी कलाकार पवित्रा खड्का भन्छिन्, 'नारीका आयामहरु थुप्रै छन्, जुन क्षेत्रमा पनि नारीलाई कमजोर सोच्ने पुरुषप्रधान समाजमा महिलाहरुलाई अघि बढ्ने क्रममा साहस अनि हिम्मतको अतिनै खाँचो छ। पेशागत हिसाबले हेर्दा हामीले गर्न काममा सक्छौं र? गर्छाैं र? भन्ने शब्दले पनि उ महिला हो भनेर छुट्याइन्छ कामको क्षेत्रमा मुख्यतः महिलाभन्दा पुरुषलाई नै पहिलो प्राथमिकता दिने चलन देखेकै कुरा हो।

उनी सुनाउँछिन्, 'आफूमा एउटा आत्मविश्वास अनि आफन्त घरपरिवार बीचमा विश्वास दिलाउन नारीले नै सिक्नुपर्छ र सक्छन् पनि। आजभोलि नारी दिवस एउटा रमाइलो अनि फेसनको रुपमा मनाइएको जस्तो लाग्छ।' पिछडिएका महिलालाई हिंसामा परेका महिलालाई महिला हिंसा के हो भनेर बुझाउन अनि यसको अन्त्यको लागि महिला दिवस प्रभावकारी नभएको नाट्यकर्मी पवित्राले बताउँछिन्।

जिल्ला वन कार्यलयमा कार्यरत कर्मचारी सुदिक्षा सिलवाल नारी दिवसलाई यसरी बुझ्छिन्, यो दिवस नामै विशेष गरेर नारी, महिलासँग जोडिएको छ, त्यसैले नारी दिवस मन नपर्ने त कुरा हुँदैन, महिलाहरुको सम्मान, इज्जत अनि उनीहरुको संरक्षणको लागि १ दिन भएपनि बोल्ने अनि उनीहरुका आवाज बाहिर ल्याउने कार्य यही नारी दिवसले गर्दछ, तर नारीको हकअधिकार उजागर गर्ने यो १ दिन मात्रले पुग्दैन।

समाजले निर्धारण गरेको महिला र पुरुषको जिम्मेवारीले गर्दा महिलापछि परेका हुन्। जब पुरुष सरह महिला पनि सक्षम हुन्छन् भने महिला माथि हिंसा किन गर्ने? महिला र पुरुषबीच एकअर्कामा साथ अनि सहयोगले नै घरपरिवार बलियो हुन्छ सहयोग त अवश्य हुन्छ कामको शिलशिलामा बाहिर जानुपर्दा घरपरिवार बच्चाहरु सबै श्रीमानले सम्हाल्नु पर्ने हुन्छ।

त्यसलाई कस्तो हिंसा भन्ने घर महिलाको मात्र नभर्इ दुवै जनाको जिम्मेवारी हो। त्यसैले सबैको घर परिवारमा हुने महिला र पुरुषको कामको हिसाबमा जस्ले जसरी सक्छ, त्यसरी सहयोग र सम्झौता हुनुपर्छ। बिकट भेगमा रहेका पिछडिएका महिलाको हक हितको लाागि यस्ता नारी दिवस गाउँगाउँ जनचेतना फैलाउन आवश्यक छ।

पहुँचको हिसाबले सबै क्षेत्रमा महिलाको पहुँच पुगेको भएपनि महिला सम्मानभने प्रायः कुनै क्षेत्रमा पनि नरहेको अनिताकाे धारणा छ। अझै पत्रकारिता क्षेत्रमा त महिलाहरुलाई धेरै नै चुनौति रहने उनको भनाइ छ।

पत्रकारिता क्षेत्रमा लामाे समयदेखि सक्रिय अनिता आचार्य नारी दिवसलाई एक औपचारिक कार्यक्रमका रुपमा मात्रै सीमित रहेको बताउँछिन्। 'जसका लागि यस्ता दिवस मनाइन्छ, अनि पिछडिएका महिलाहरुका लागि ल्याइएको योजना कार्यक्रम उनीहरुले थाहा पनि नपाउने गरेको हाम्रो समाजको यथार्थ हो,' उनले भनिन्, 'नारी दिवसको प्रस्तावना ल्याउने पनि पुरुष नै हुन्छन्, यसको कार्यान्वय नगर्न अनि कार्यक्रम समापन गर्न पनि पुरुष नै हुन्छन्। एउटा सक्षम महिला भएर पनि महिलाका विषयमा पछाडि परेका महिलाका हकहितका बारेमा कार्यक्रम ल्याउने, चलाउने गर्न नदिने, नपाउने कारणले पनि यस्ता कुराहरु बाहिरिँदैनन्।'

जे कुरामा महिला दबेका हुन्छन्। अझै हाम्रो समाजको एक तितोयथार्थ के हो भने महिलाले महिलाकै हिंसा गर्छन्, एक त घरपरिवारमै पनि महिला–महिलाबीचमा ठूलो द्वन्द्व हुनेगर्छ।

दिनभरि नारी स्वतन्त्रताको वकालत गदै हिँड्ने एउटी महिला आफ्नै घरमा छोरी र बुहारीलाई फरक–फरक व्यवहार गर्छिन्। एक शिक्षित शहरिया नारी छोरा र छोरीका बीच फरक व्यवहार गर्छिन्। अर्को त बाहिरी दुनियाँ अलिकअघि पुगेका महिलाले पिछडिएका अनि पीडित महिलालाई गन्दैनन्। त्यस्ता महिलाको लागिआएको ल्याएको बजेट जसको हातमा पर्छ कुनै कार्यक्रम आयोजना गर्यो, दुई–चार शब्द भाषण गर्यो, घुमफिर गर्यो, सकियो। 

दार्जुलादेखि डोटीसम्मका महिलाका नाममा ल्याएका कार्यक्रमहरु उनीहरुका हक अधिकार तथा तपाईहरुका लागि संविधानमा यस्ता–यस्ता कुराहरु उल्लेख छन्, हिंसा नसहनु भन्दै बनाएका महिलासम्बन्धी बजेट उनीहरुको नाममा खर्च नहुने उनी बताउँछिन्। नारीलाई घर परिवारमाभन्दा बाहिर नै बढी जोखिम छ।

आफ्नो घरपरिवारमा हामीजतिका शिक्षित महिलाले कुनै विभेद हिंसा खास सहन पर्दैन, महिलाले आफैँ घरपरिवारलाई विश्वास दिलाउन सक्नुपर्छ, नम्र, राम्रो तरिकाले घरमा, आफ्नो पेशा, आफ्नो इच्छाको बारेमा राम्रोसँग सम्झाउन, बुझाउन सके र जानकारी गराएमा परिवारको साथ समर्थन मिल्ने उनी बताउँछिन्। घरपरिवारले सहयोग गरेपछि समाजले श्राेत राम्रो दृष्टिले हेर्ने गर्छन्।

हाल घरपरिवार भन्दापनि आफ्नो पेशा व्यवसायमा नै नारीलाई तल पार्न खोज्ने तथा समाजमा नै महिलालाई दबाउन खोज्ने हुँदा महिलाहरुले आफुमा जागरुकता ल्याउने अनि आफैँले म यो गर्छु भनेर आफनो सकारात्मक सोच र संस्कारलाई अगालेर अघि बढ्नु महिलाहरुलाई आवश्यक रहेको अनिताले बताउँछिन्। समाजले नै बाँधिदिएको एउटा नियमजस्तै रहेको महिलाका मुद्दाहरु महिला शिक्षा, महिला पेशा, अनिशिक्षित महिलाहरुमा इच्छाअनुसारका अवसरहरुको कमी तथा महिला–महिलाबीचको द्वन्द्वको कारणले अन्त्य हुन सकेका छैनन्।


 

More form the Internet

loading...