Suvadin, Home

Cover Image

नवराज सिलवालको रिट प्रधानन्यायाधीशको बेञ्चमा

आफूलाई गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै डिआइजी नवराल सिलवालले दायर गरेको रिटमाथि बहस सुरू भएको छ। सिलवालका वारेस कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सोमबारै दायर गरेको रिट प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा सुनुवाइ भइरहेको हो।
सर्वोच्च अदालत।

काठमाडौं, वैशाख ११ - आफूलाई गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै डिआइजी नवराल सिलवालले दायर गरेको रिटमाथि बहस सुरू भएको छ। सिलवालका वारेस कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सोमबारै दायर गरेको रिट प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा सुनुवाइ भइरहेको हो।

वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई सोमबार बिहान प्रहरीले समातेको थियो। उनीसहित कानुन व्यवसायी थापासमेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

निवेदनमा अधिवक्ता टिकाराम भट्टराई, ओमप्रकाश अर्याललगायतले बहस गर्दैछन्। सम्भवतः सोमबारै सिलवालको निवेदनमा सुनुवाई हुने जनाइएको छ


 

More form the Internet

loading...