Suvadin, Home

नेपालको राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न उनी विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् । 

राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेकी थिइन् । राष्ट्रपति भण्डारीले चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्यलाई बिदाइ अभिवादन गरेका थिए ।  यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई  उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले  बिदाइ गरेका छन् । 

चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो । 

उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो ।
 


 

More form the Internet

loading...