चिनियाँ राष्ट्रपति सीको भ्रमण भव्य रुपमा सफल भयो : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिवसीय राजकीय नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्रदान गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले नेपाल र नेपाली नागरिकप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उनीप्रति आभार प्रकट गरेका छन् । भ्रमण सफल पार्न सबैले खेलको भूमिकाप्रति पनि ओलीले खुशी व्यक्त गरेका छन् ।
यस्तो छ ओलीको ट्विट
नेपाल भ्रमण गरी नेपााल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र
— KP Sharma Oli (@PM_Nepal) October 13, 2019
सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु। भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।