Suvadin, Home

विवेकशिल साझाले पहिलो महाधिवेशनको मिति तय गर्यो

मंगलबार पार्टी कार्यालय बखुन्डोलमा साझाले पत्रकार सम्मेलन गरेर फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी गराएको हो।
फाइल फाेटाे

काठमाडौं, १ माघ – विवेकशील साझा पार्टीले पहिलो महाधिवेशनकाे मिति तय गरेको छ।

मंगलबार पार्टी कार्यालय बखुन्डोलमा साझाले पत्रकार सम्मेलन गरेर २०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी गराएको हो।

यसैगरी, मधेशको भावना, चाहना र देशको रूपान्तरणमा मधेशका नागरिकको सपना बुझ्न यही माघ तेस्रो हप्तादेखि विशेष मधेश मिसन सञ्चालन गर्ने विवेकशील साझाले निर्णय गरेको छ।

साझाले पार्टीका पछिल्ला चुनौतीको समिक्षा गरी आगामी बाटो तय गर्न यही माघ १२ गते काठमाडौंमा देशभरका पार्टी प्रतिनिधि सदस्यसहित ’विवेकशील साझा राष्ट्रिय सन्देश भेला’ आयोजना गर्ने र १३ गते राष्ट्रिय सभागृहमा अन्तरक्रिया गर्ने भएको छ।


 

More form the Internet

loading...