Suvadin, Home

निरंकुशता विराेधी याेद्धाकाे समृद्ध राष्ट्र निर्माण अभियान
नयाँ पुस्तामा उर्जा भर्दै युवा संघ नेपालका महासचिव किरण पाैडेल

शाहीसत्ताविरुद्ध नारायणहिटी दरबारतिर फर्किएर ‘ज्ञानेन्द्र तिम्रो सत्तायात्रा समाप्त हुँदैछ, नेपालमा गणतन्त्र ल्याएरै छोड्छौं, बिदा लिन तयार भएर बस’ भनेर शक्तिशाली भाषण गरी युवालाई एकीकृत गर्ने विद्यार्थी नेता थिए, किरण पौडेल। उनी गीत र व्यंग्यले पनि युवा विद्यार्थीलाई आकर्षित गर्थे। किरण अहिले युवा संघ नेपालका महासचिव छन्।
युवा संघ नेपालका महासचिव किरण पाैडेल। तस्वीरः शुभदिन

काठमाडौं, भदौ १० – नेपाली राजनीतिको कालो अतीतका रुपमा रहेको तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाललाई पूर्णविराम लगाउन राजनीतिक दलभन्दा नेपाली युवा विद्यार्थीले कयौं गुणा धेरै योगदान दिएका छन्।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६१ साल माघ १९ गते ‘कू’ गरी शासनसत्ता आफ्नो हातमा लिएपछि सबैभन्दा पहिले काठमाडौंमा विद्यार्थी आन्दोलन चर्किएको थियो। सरकारी सुरक्षाकर्मीको दमनका बावजुद निरन्तर आन्दोलन चलिरह्यो। त्यसको अन्तिम चरणमा वि.सं. २०६२/०६३ को जनआन्दोलन भयो।

र, नेपालमा सामन्तवादको अवशेषका रुपमा रहेको राजसंस्था सदाका लागि अन्त्य भयो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो। काठमाडौंका क्याम्पस र विश्वविद्यालयबाट निस्किने विद्यार्थी संगठनका जुलुसले सडक पूरै ढाकिएको हुन्थ्यो। त्यसैको उर्जाले जनआन्दोलन सफल भएको मानिन्छ।

त्यस क्रममा धेरै विद्यार्थी पक्राउ परे। घाइते पनि भए। तर, आफ्नो अधिकारका लागि निरन्तर लडिरहे। शाहीसत्ताका विरुद्ध नारायणहिटी दरबारतिर फर्किएर ‘ज्ञानेन्द्र तिम्रो सत्तायात्रा समाप्त हुँदैछ, नेपालमा गणतन्त्र ल्याएरै छोड्छौं, बिदा लिन तयार भएर बस’ भनेर शक्तिशाली भाषण गरी युवालाई एकीकृत गर्ने विद्यार्थी नेता थिए, किरण पौडेल।

उनी गीत र व्यंग्यले पनि युवा विद्यार्थीलाई आकर्षित गर्थे। किरण अहिले युवा संघ नेपालका महासचिव छन्। पटक–पटक हिरासतमा पुर्याइएका किरणको राजनीति, अध्ययन र विद्यार्थी जीवन विविध पक्षलाई शुभदिनले खोतल्ने प्रयास गरेको छ। 

‘विज्ञान विषय अध्ययन गरेको हुनाले आमाबुवाको चाहना डाक्टर बनाउने थियो,’ किरणले शुभदिनसँग भने, ‘तर, मलाई मुलुकको समग्र विकास र उन्नतिका लागि राजनीति नै गर्नु थियो, मैले आफ्नो विवेकले राजनीतिक यात्राको थालनी गरेको हुँ।’

बाल्यकाल, अध्ययन र राजनीतिक यात्रा

युवा नेता किरण पौडेलको जन्म वि.सं. २०३८ साल भदौ १० गतेका दिन बुवा प्रकाश पौडेल र आमा सरस्वती पौडेलको सुपुत्रका रुपमा नवलपरासीको बर्दघाटमा भएको हो। द्विव्यज्योती माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका किरणले अमृत साइन्स् क्याम्पसबाट विज्ञान विषयमा स्नातह तहको पढाई पूरा गरेका छन्। 

‘विज्ञान विषय अध्ययन गरेको हुनाले आमाबुवाको चाहना डाक्टर बनाउने थियो,’ किरणले शुभदिनसँग भने, ‘तर, मलाई मुलुकको समग्र विकास र उन्नतिका लागि राजनीति नै गर्नु थियो, मैले आफ्नो विवेकले राजनीतिक यात्राको थालनी गरेको हुँ।’

युवा संघ नेपालका महासचिव किरण पौडेलको राजनीतिक यात्रा क्याम्पस पढ्दा शुरु भएको हो। उनी विभिन्न कार्यक्रममा व्यंग्यात्मक प्रस्तुति दिने तथा गीत गाउने गर्थे। त्यही माहोलले विस्तारै उनलाई राजनीतिमा तान्यो।

उनी भन्छन्, ‘वि.सं. २०५७ सालमा अखिलको इकाई अध्यक्ष भएँ, प्रारम्भिक कमिटी, स्कूल जिल्ला कमिटी सहसचिव तथा अस्कलमा स्ववियु सचिव भएर काम गरेँको अनुभव त्यसअघि नै थियो,’ उनले भने। 

त्यसपछि किरणले केही समय अरुलाई पालो दिए। र, आफ्नो व्यापार व्यवसाय सम्हाल्नतर्फ लागे। कुशल संगठक किरणलाई पार्टी विभिन्न जिम्मेवारी दिन छाडेन। उनले केन्द्रीय खेलकुद विभागमा सदस्य भएर काम गरे। त्यसैगरी, युवा संघमा पनि सक्रिय रहे। 

युवा संघ नेपालको सातौं राष्ट्रिय सम्मेलनमा किरण केन्द्रीय सदस्यमा निर्वाचित भए। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट उनी सचिव भए। त्यसैगरी, राजधानी प्रमुख तथा संगठन विभाग प्रमुख आदिको जिम्मेवारी पनि उनले पूरा गरेका छन्।

वि.सं. २०७२ सालमा युवा संघ पुनर्गठन हुँदा किरणलाई महासचिवको जिम्मेवारी आयो। उनी कुशलतापूर्वक संगठनप्रतिको जिम्मेवारी पूरा गरिरहेका छन्।

‘मलाई पदको लोभ छैन, तर पार्टीले दिएको हरेक जिम्मेवारी मैले कर्तव्यनिष्ठ भएर पूरा गरेको छु,’ उनले भने, ‘त्यसैले पनि मलाई नेतृत्वले विश्वास गरेको हुनुपर्छ, यो विश्वास कहिल्यै तोड्ने छैन, म काममा विश्वास गर्छु, मेरो लक्ष्य नै समाजको सेवा हो।’ 

विद्यालय तहदेखि नै अनेरास्ववियुमा संगठित पौडेल सोच अमृत साइन्स क्याम्पसमा आउँदासम्म राजनीतिमै अघि बढ्ने साेचमा थिएनन्। क्याम्पसमा स्टेज प्रस्तुतिहरुमार्फत विद्यार्थीमाझ लोकप्रिय भएका उनी प्रारम्भ कमिटी सदस्य हुँदै पुन अनेरास्ववियुमा सक्रिय हुन थाले।

र, निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनले उनलाई राजनीतिप्रति बढी प्रेरित गर्याे। त्यति बेला उनी अमृत साइन्स क्याम्पसको स्ववियु सचिव भइसकेका थिए। 

युवा संघ नेपालभित्र एक इमान्दार क्रियाशील र भिजनरी नेताका रुपमा उनलाई कार्यकर्ताहरुले हेर्ने गरेका छन्। पाैडेलकाे नवीन सोच र शैली तथा परिचालन र व्यवस्थापन, युवा तथा प्रविधिमैत्री स्वाभाव र दक्षताका कारण पनि उनीप्रति युवा पुस्ता धेरै आशावादी छ। 

'कुनै लक्ष्य निर्धारण गरेरमा राजनीतिमा अाएकाे हाेइन,' उनले भने, 'कहिल्यै पदलाई महत्व नदिएपनि जिम्मेवारीले पछ्याउँदै आयो, र मलार्इ अझ बढी गम्भीर र जवाफदेही बनाउँदै लगेकाे छ।'

पद जित्नु प्राविधिक कुरा मात्र हो भन्ने उनकाे धारणा छ। तर, आमयुवाको भावनाको प्रतिनिधित्व गर्दै लक्षित समूहको मन जित्नु मुख्य विषय रहेकाे उनकाे टिप्पणी छ।

'हामीले राष्ट्र निर्माणका लागि युवा परिचालित गर्न सक्छौं,' उनले भने, 'र, युवाहरुलाई राजनीतिप्रति आशा जगाउन सक्छौं।' सृजनाशिलता र गतिशीलतालार्इ अबकाे युवा आन्दोलनको मूल सुत्रका रुपमा लिनु पर्ने उनकाे धारणा छ।

रोजगारी नपाएर विदेशिएका युवाहरु खाडीमा कष्टसाध्य जीवन बिताइरहेका छन् भन्ने सुन्दा युवा राजनीतिक अभियन्ता किरण पौडेललाई अथाह पीडा हुन्छ। ‘नेपाली युवाहरुले हरेक १० वर्ष अधिकारका लागि लड्नु परिरहेको छ,’ उनले भने, ‘सामन्तवादको अन्त्य भएपछि विस्तारै युवाको अधिकार स्थापित हुन्छ, तर समय लाग्छ।’ 

नेपाली युवाका समस्या र समाधान

रोजगारी नपाएर विदेशिएका युवाहरु खाडीमा कष्टसाध्य जीवन बिताइरहेका छन् भन्ने सुन्दा युवा राजनीतिक अभियन्ता किरण पौडेललाई अथाह पीडा हुन्छ। ‘नेपाली युवाहरुले हरेक १० वर्ष अधिकारका लागि लड्नु परिरहेको छ,’ उनले भने, ‘सामन्तवादको अन्त्य भएपछि विस्तारै युवाको अधिकार स्थापित हुन्छ, तर समय लाग्छ।’ 

पौडेलले नेपाली गणतन्त्र अहिले प्राथमिक चरणमै रहेको उल्लेख गरेका छन्। ‘त्यसैले युवा परिचालन, रोजगारी सिर्जना, विकास–निर्माणमा तीब्रता आदि कामलाई उच्च प्राथमिकता दिएर अघि बढ्नु पर्छ,’ उनले भने, ‘युवा विदेशिनु पर्ने बाध्यताको पनि अन्त्य हुन्छ।’

राजनीतिक अस्थिरता नै युवा पलायनको कारक रहेको पौडेलको तर्क छ। प्राकृतिक स्रोतसाधनमा अग्राधिकार हुने गरी युवालाई विकासको नेतृत्व सुम्पिनुपर्ने उनको धारणा छ।

‘प्लटिङ व्यवस्थित गर्ने, कृषि प्रणालीमा सुधार गर्ने र व्यवस्थापकीय कमजोरीलाई सच्याँउने मात्रै गरियो भनेपनि नेपालको ग्रामीण ऋणग्रस्तता अन्त्य हुन्छ,’ उनले भने। राज्य संयन्त्रका कमजोरी हटाउन सके सबै समस्याको निदान हुने उनी बताउँछन्। 

‘नेपाली अर्थतन्त्र निर्माणको जग नै कृषि हो,’ उनले भने, ‘नवलपरासी मात्रै होइन, मुलुकभरका किसान यही समस्याबाट ग्रस्त छन्, राज्यले नै यसको समाधान खोज्नुपर्छ।’ 

नवलपरासीको विकासका एजेण्डा

आर्थिक उदारीकरणका नाममा भारतबाट आइरहेको कृषि उत्पादन रोकेर नेपाली किसानले उत्पादन गरेका सामग्रीको बजार निर्माण गर्नु पर्नेमा पौडेलको जोड छ।

‘नेपाली अर्थतन्त्र निर्माणको जग नै कृषि हो,’ उनले भने, ‘नवलपरासी मात्रै होइन, मुलुकभरका किसान यही समस्याबाट ग्रस्त छन्, राज्यले नै यसको समाधान खोज्नुपर्छ।’ 

त्यसैगरी, चुरे क्षेत्रको दोहन नियन्त्रण गर्नुपर्ने पौडेलले बताएका छन्। ‘चुरे क्षेत्रको दोहनले खानेपानीको समस्या शुरु हुँदैछ,’ उनले भने, ‘दीगो उपायका लागि अहिल्यै योजना निर्माण गर्नुपर्छ।’

त्यसैगरी, सिंचाईको व्यवस्थाका लागि गण्डक नहर व्यवस्थित गर्नुपर्ने उनले बताए। गण्डक नहरको पानीले भारतीय भूमिमा मात्रै सिंचाई पुगेको बताउँदै उनले तत्काल नेपाली किसानलाई सिंचाई सुबिधा पुर्याउन राज्यसँग माग गरेका छन्। 

संगठनभित्र सबैभन्दा इमान्दार र कर्तव्यनिष्ठ मानिएका युवा नेता पौडेल राजनीतिक कार्यकर्तामा धैर्यता, सन्तुलिन चरित्र र अनुकरणीय छवि चाहिने बताउँछन्। उनी भन्छन्, ‘निर्धारित लक्ष्य पूरा गर्न युवा राजनीतिक अभियन्ता दिनरात नभनी खट्न सक्नुपर्छ, अनि मात्रै देशले काँचुली फेर्न सक्छ, विकास र समृद्धि हासिल हुन सक्छ।’ 

युवा नेता कस्तो हुनुपर्छ?

सरल र मिलनसार स्वभावका युवा संघ नेपालका महासचिव किरण पौडेल नेपाली राजनीतिमा उदीयमान वामयोद्धा हुन्। संगठनभित्र सबैभन्दा इमान्दार र कर्तव्यनिष्ठ मानिएका युवा नेता पौडेल राजनीतिक कार्यकर्तामा धैर्यता, सन्तुलिन चरित्र र अनुकरणीय छवि चाहिने बताउँछन्।

उनी भन्छन्, ‘निर्धारित लक्ष्य पूरा गर्न युवा राजनीतिक अभियन्ता दिनरात नभनी खट्न सक्नुपर्छ, अनि मात्रै देशले काँचुली फेर्न सक्छ, विकास र समृद्धि हासिल हुन सक्छ।’

नेकपा एमालेका धेरै युवा असल, चरित्रवान  र जुझारू युवा नेताहरु रहेकाे उल्लेख गर्दै पाैडेलले अब मुलुककाे नेतृत्व पनि युवाले नै गर्नुपर्ने बताएका छन्।


 

More form the Internet

loading...