Suvadin, Home

युवा संघ नेपालका अध्यक्षको राजनीतिक यात्रा
राजिव पहारीः पोखराले जन्माएका पौरखी पुरुष

अझ भनौं, राजनीतिक जागरणमा निकै अगाडि रहेको पोखराले जस्तोसुकै परिस्थितिमा पनि मुलुककै नेतृत्व गर्न सक्ने सक्षम नेता जन्माएको छ। विकास र समृद्धिको अगुवाई गर्न प्रेरित गरेको छ। र, पोखराले युवा संघ नेपालका अध्यक्ष राजिव पहारीजस्ता होनाहार युवा नेता जन्माएको छ, जसले भविश्यमा मुलुकको नेतृत्व गर्दैछन्।
राजिव पहारी, अध्यक्ष, युवा संघ नेपाल।

काठमाडौं, भदौ २ – पोखरा सामाजिक र आर्थिक रुपमा समृद्ध शहर। पछिल्लो त समय साहित्य, सिर्जना र संगीतको परिधि अझै फराकिलो बनाउँदै लगेको छ, पोखराले। राजनीतिमा राजधानी काठमाडौंसँग सीधा टक्कर दिनसक्ने थलो पोखरा नै हो।

अझ भनौं, राजनीतिक जागरणमा निकै अगाडि रहेको पोखराले जस्तोसुकै परिस्थितिमा पनि मुलुककै नेतृत्व गर्न सक्ने सक्षम नेता जन्माएको छ। विकास र समृद्धिको अगुवाई गर्न प्रेरित गरेको छ। र, पोखराले युवा संघ नेपालका अध्यक्ष राजिव पहारीजस्ता होनाहार युवा नेता जन्माएको छ, जसले भविश्यमा मुलुकको नेतृत्व गर्दैछन्। 

भव्य व्यक्तित्व, शालिन छवि। राजिव पहारीलाई देख्ने, सुन्ने र चिन्ने जो–कसैले पनि समझदार र साहसी युवाका रुपमा चित्रण गर्छन्। यसलाई उनले कामका माध्यमकाट पुष्टि गरेका छन्।

युवा संघमा देखिएको विवाददेखि संगठन विस्तारमा अध्यक्ष पहारीले दिएको तीव्रताले यसको पुष्टि गर्छ। उनी भन्छन्, ‘पद ओगट्नु ठूलो कुरा होइन, संगठनको आन्तरिक संरचना शक्तिशाली बनाउनु चाहिँ मुख्य कुरा हो।’

संगठन सुदृढीकरणका लागि दिलोज्यान लगाएर खटिइरहेका अध्यक्ष पहारी प्राकृतिक विपत्तिमा परेका नागरिकको राहतमा पनि जुटिरहेका छन्। अहिले मात्रै होइन, स्कूले जीवनदेखि नै उनी यसरी नै निरन्तर सामाजिक सेवाको क्षेत्रमा खट्दै आएका छन्। 

तिम्ल्याहामध्ये एक्ला जिवित सन्तान

कास्कीको पोखरा–६ का रामराज र जमुनादेवी पहारीलाई वि.सं. २०३४ सालमा क्षणभरका लागि भएपनि खुशियाली आयो। कात्तिक १४ गतेका दिन रामराज र जमुनादेवीका ३ सन्तान भए। जमुनादेवी प्रसवपीडा बिर्सिने कोसिसमा थिइन्। तर, उनलाई अर्को चोट आइपर्यो। तीन सन्तानमध्ये दुई सन्तान गुमाउन पुगेका पहारी दम्पतीलाई अर्का एक सन्तानले साथ छोडेनन्।

‘दश बराबर एक’ भनेझैं तिम्ल्याहा सन्तानमध्येका जिवित राजिव पहारी मुलुककै नेतृत्व गर्ने सामथ्र्य लिएर अघि बढिरहेका छन्। ‘आमाबुवालाई ममाथि ठूलो भरोषा छ,’ पहारीले शुभदिनसँग भने, ‘त्यसैले मैले इमान्दारितापूर्वक सामाजिक काममा अगुवाई गर्नु छ।’

पृथ्वीनारायण क्याम्पसका ‘हिरो’

पहारीको घर वामराजनीतिको केन्द्र थियो। तालबराही माविमा कक्षा–१० सम्म पढ्दा नै उनले राजनीतिका विषयमा धेरै ज्ञान आर्जन गरिसकेका थिए। एसएलसीपछि उनी पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भर्ना भए। र, राजनीतिकशास्त्रमा स्नातकोत्तर तहको पढाई पनि पूरा गरे। पहारीलाई राजनीतिको रस २०४३ सालतिरै पसिसकेको थियो।

तत्कालीन नेकपा मालेले जनपक्षीय उम्मेदवार बनाएका नेता सोमनाथ अधिकारीको सेल्टर नै पहारीको घर थियो। राजनीतिक गतिविधि नियाल्ने उनले नेताहरुको कुरा ध्यान दिएर सुन्थे। ११–१२ वर्षको उमेरमै उनी विद्यार्थी राजनीतिमा लागेका हुन्।

२०४६ सालमा अनेरास्ववियू स्कूल कमिटीको सदस्य भए। केही समयपछि नै उनी स्कूल कमिटी अध्यक्ष भए। पञ्चायती व्यवस्थाविरुद्ध घरमा आउने नेता तथा कार्यकर्ताहरुले गरेको बहस उनलाई रोचक लाग्थ्यो। त्यसैले पनि उनी राजनीतिप्रति आकर्षित भएका हुन्।

‘विभेद र उत्पीडन अन्त्य गर्ने कुरा हुन्थ्यो, प्रजातन्त्र आएपछि समानता स्थापित गर्ने बहस हुन्थे,’ उनी सम्झन्छन्, ‘समाज साँच्चै राम्रो हुन्छ भने किन राजनीतिमा नलाग्ने, किन आन्दोलन नगर्ने भनेर नै राजनीतिमा क्रियाशील भएका थियौं।’ 

निडर स्वभावका राजिव पृथ्वीनारायण बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटी सदस्यसँगै २०५० सालमा अनेरास्वियूको जिल्ला कमिटी सदस्य भए। २०५२ सालमा कोषाध्यक्ष भएका उनी सोही साल जिल्ला सचिव भए। वि.सं. २०५३ देखि ०५५ सालसम्म जिल्ला अध्यक्ष भएका उनी २०५३ सालमै स्ववियू सदस्यमा निर्वाचित भए।

२०५५–०५७ मा स्ववियू उपसभापति र २०५७ देखि २०६० सालसम्म स्ववियू सभापति भए। साथै स्ववियू काउन्सिलको कोषाध्यक्ष र सचिव भएर काम गरेका पहारीले २०५८ देखि ०६४ सालसम्म एमाले जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख भएर काम गरे। 

वि.सं. २०६१ सालमै उनी युवा संघको केन्द्रीय सचिवालय सदस्य र अञ्चल इञ्चार्ज भएर काम गरे। २०६९ सालमा युवा संघ नेपालको महासचिव भएका पहारी २०७२ सालदेखि युवा संघ नेपालको केन्द्रीय अध्यक्ष भएर काम गरिरहेका छन्। पृथ्वीनारायण बहुमुखी क्याम्पसमा पहारीलाई अहिले पनि ‘हिरो’को रुपमा दिइन्छ। उनले गरेका कामको फेहरिस्त पनि लामै छ। 

‘नमूना स्ववियू सभापति’

युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले विद्यार्थी राजनीति गर्दा नै धेरै परिवर्तनका काम गरेका छन्। उनले २१ हजार विद्यार्थी अध्ययन गर्ने पृथ्वीनारायण बहुमुखी क्याम्पसमा पोसाक अनिवार्य गराए। ४ वटा नयाँ विषयमा स्नातकोत्तर तहको पढाई शुरु भयो।

क्याम्पसभित्र पिच सडक निर्माण, स्थापनाकालीन स्मृति भवन निर्माण उनकै नेतृत्वमा गरिएको थियो। ‘हामीले २ करोड रुपैयाँ चन्दा संकलन गरेर क्याम्पस सुधारको काम गरेका हौं,’ उनले भने। पहारीले गरेका सुधारका कामलाई प्रोत्साहन गर्न त्रिभूवन विश्वविद्यालयले मुलुकमै पहिलो पटक उनलाई ‘नमूना स्ववियू सभापति’ घोषणा गर्यो। 

युवा संघको नेतृत्वमा आएपछि पहारीले कामको रफ्तार अझै बढाएका छन्। ‘नेतृत्वमा आएपछि संगठनको विवाद अन्त्य भयो,’ उनले भने, ‘२७ जिल्लाको सम्मेलन सम्पन्न भयो।’ त्यसैगरी, भारतीय नाकाबन्दी र तराई–मधेशमा तनाव भएका बेला उनकै नेतृत्वमा ५ महिनासम्म मधेश सम्वाद तथा जागरण कार्यक्रम सञ्चालन गरिएको थियो।

भ्रष्टाचार र महँगी नियन्त्रणका लागि पनि उनले राज्यलाई दबाब दिँदै आएका छन्। युवा महोत्सव पनि उनकै नेतृत्वमा भयो। ५३ मुलुकमा पुगेर पहारीले नेपालको प्रचार गर्न भ्याइसकेका छन्। पर्यटन प्रवद्र्धन तथा सम्बन्ध विस्तारमै उनी केन्द्रित हुँदै आएका छन्।

नजरबन्दमा ४ महिना

मुलुकमा जनआन्दोलनको लहर चलेका बेला पहारी पनि गणतन्त्रका पक्षमा सक्रिय भएर लागेका थिए। २०६२ सालमा शाहीसत्ताले नेताहरु रविन्द्र अधिकारी, मानबहादुर जिसी, श्रीनाथ बराल र राजिव पहारीलाई पक्राउ गर्यो। चार महिनासम्म नजरबन्दमा राखेपछि नेताहरु रिहा भए। तर, फेरिपनि गणतन्त्रको संघर्ष जारी थियो। पहारी पुनः पक्राउ परे। र, दुई महिनापछि रिहाई गरियो। 

‘युवा परिचालन गरौं, मुलुक समृद्धि बनाऔं’

मुलुकको समृद्धि र विकासका लागि युवा परिचालनमा अध्यक्ष पहारीको जोड छ। मुलुकको प्राकृतिक सम्पदालाई परिचालन र व्यवस्थापन गर्न सके मुलुक विकास र समृद्धिको बाटोमा लम्किने उनको धारणा छ।

‘दुई सय वटा देशमा पाइने हावापानी नेपालमै पाइन्छ,’ उनले भने, ‘पर्यटन प्रवद्र्धन गरी समृद्धि राष्ट्रको रुपमा नेपाललाई विश्वमा चिनाउन सकिन्छ।’ त्यसका लागि एक्सन र भिजन भएको नेतालाई नेतृत्व दिनुपर्ने उनी बताउँछन्। राष्ट्र निर्माणको अभिभारा बहन गर्न सक्ने युवाको काँधमा नेतृत्व सुम्पिनु पर्नेमा पहारीको जोड छ। 

पदको लोभ छैन अध्यक्ष पहारीलाई। कामले जिम्मेवारी आफै दिने धारणा राख्छन् उनी। ‘म त काम गर्न जन्मिएको हुँ,’ उनी भन्छन्, ‘पदमा रहेपनि नरहेपनि नेपालीको शिर उठाउने काम गर्छु।’

उनको अर्को योजना छ, विदेशबाट आएको रेमिट्यान्सको ५० प्रतिशत विकासमा लगाउने। उनी भन्छन्, ‘त्यसो गर्दा मात्रै विदेशमा गएर गरेको मेहनतको प्रतिफल आउन सक्छ, देशको विकास पनि हुन्छ।’ 

कास्कीका लागि पहारीका एजेण्डा

कास्कीकै लागि मात्रैभन्दा पनि समग्र मुलुकलाई ध्यानमा राखेर नै पहारीले विकासका एजेण्डा प्रस्तुत गरे। सबैभन्दा पहिले नेपालीमा राज्य सञ्चालन प्रणालीमै सुधार गर्नुपर्ने उनको तर्क छ।

उनी भन्छन्, ‘बेठिक गर्नेले सम्मान पाउने बेथितिको अन्त्य हुनैपर्छ।’ समाज र राज्यप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले सोचमै परिवर्तन ल्याउने गरी कार्यक्रम निर्माण गर्नुपर्ने बताए। वैज्ञानिक पद्धतिको शैक्षिक कार्यक्रम ल्याउनु पर्ने, प्राविधिक शिक्षा र प्रविधिको पहुँच विस्तार तथा विकासको मोडल नै तयार गरेर काम गर्नुपर्ने उनको धारणा छ। 

अन्त्यमा पहारीले आमाबुवाको सम्झना पनि गरे। ‘मेरो प्रेरणा नै आमाबुवा हुनुहुन्छ,’ उनले भने। अभिभावकले छोराछोरीको चिन्ता गर्नु स्वाभाविक नै हो। ‘सानोमा चिन्ता लिएपनि अहिले चाहिँ सबैबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि आमाबुवा ढुक्क हुनुहुन्छ,’ पहारीले भने।

श्रीमती सिर्जना पण्डित पहारीले उनलाई आँट र भरोषा प्रदान गर्छिन्। सिर्जना चरक एकाडेमीकी प्रिन्सिपल पनि हुन्। राजिव र सिर्जनाका दुई छोरा छन्।


 

More form the Internet

loading...