Suvadin, Home

संसद्लाई जिम्मेवार बनाउन संसद्का कर्मचारीको भूमिका रहने सभामुखको भनाइ


काठमाडौँ, मंसिर ३०  
१०औँ संसद सेवा दिवसको उद्घाटन गदै सभामुख ओनसरी घर्ती मगरले संसद्लाई जिम्मेवार र मर्यादित साथै व्यवस्थित  बनाउन संसद्का कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । सिंहदरवारमा आयोजित १०औँ संसद सेवा दिवस कार्यक्रममा कानून मन्त्री अजय शंकर नायकले संसद्लाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन कर्मचारीको तर्फबाट पनि भूमिका खेल्न सुझाव दिएका छन् । 
निजामति सेवा अन्तर्गत संसद्मा कार्यरत् कर्मचारीलाई संसद् सेवामा राखिएको दिन अर्थात् २८ मंसिरको अवसरमा संसद् सेवा दिवस मनाउने गरिएको छ । ०६३ मा संसद् पुनस्थापना भए पश्चात् संसद् सेवा दिवस मनाउन लागिएको हो ।
व्यवस्थापिका संसद्का सह प्रवक्ता सुर्दशन कुइँकेलका अनुसार संसद् सेवामा अहिले २३० जना स्थायी कर्मचारी कार्यरत् छन् । संसद् सेवा दिवसका अवसरमा संसद्मा कार्यरत् नानी मैया धमनियाँलाई रु.१ लाख राशीको सर्वाेकृष्ट कर्मचारी पुरस्कार, त्यस्तै मदन गिरीलाई रु ७५ हजारको उत्कृष्ट कर्मचारी पुरस्कार,  राजकुमार थापा र नृपध्वज बस्नेतलाई रु. ५० हजारको संसद् सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । 


 

More form the Internet

loading...