Suvadin, Home

प्रचण्डलार्इ भेटे युवा संगठनका नेताले
युवा संघ र वाइसिएलद्वारा पार्टी एकतालार्इ सार्थक बनाउन प्रचण्डलार्इ अाग्रह

नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रका भ्रातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन्।
प्रचण्डसँग भेट गर्दै युवा नेताहरु।

काठमाडौं, ४ पुस – नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रका भ्रातृ संगठन युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन्।

प्रचण्ड निवासमा सम्पन्न बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा दुवै युवा संगठनका नेताहरूले राष्ट्रिय आवश्यकता र जनचाहनाका आधारमा निर्माण भएको वाम गठबन्धनलार्इ पार्टी एकतामा रूपान्तरण गर्न अाग्रह गरेका हुन्। 

दुई तिहाइ स्थानमा जीत हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्याउन पार्टी एकतालाई टुंगो लगाउनु पर्नेमा युवा नेताहरूकाे जोड छ। 

एकतामा नै बल हुन्छ भन्ने मान्यताका आधारमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन्। 

युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन्।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा संगठनले खेलेको भूमिकालाई राष्ट्र निर्माणमा प्रयोग गर्न आफूहरु सधैं इच्छुक रहेको अध्यक्ष पहारीले बताएका छन्।

नेपाली जनताले जनमतबाट वाम गठबन्धनलाई अनुमोदन गरेको बताउँदै उनीहरुले एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्षमा पुर्याउन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिएका छन्। 

युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन्।

युवा संगठनको बधाई ग्रहण गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको धारणा राखेका छन्।

प्रचण्डले भने – 'वाम गठबन्धनका उम्मेदवारलाई जनताले दुईतिहाइ बहुमतको नजिक पुर्याएका छन्, गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र मैले गरेको सार्थक प्रयास अनुमोदित भएको छ, हामी त्यसलाई शीघ्र निष्कर्षमा पुर्याउँछौं।' 

जनताले दिएको अभिमत ऐतिहासिकरुपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उनले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सबैको साथ र सहयोग जरुरी रहेको बताएका छन्। 

जनताले शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई मत दिएकाले जनताको अपेक्षालाई पूरा गरेर जान आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने प्रचण्डकाे टिप्पणी छ।

देशलाई समृद्ध र सबल बनाएर युवा नेतृत्वलाई देशको जिम्मा दिने मनसायमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एकाध वर्षमा नेपालको मुहार फेरिने विश्वास व्यक्त गरेका छन्।

प्रचण्डले भने – 'मुलुकलाई समृद्ध बनाएर समाजवादी नेपाल युवाको जिम्मा लगाउने सोचमा हामी छौं, त्यसका लागि युवाले एकपटक पहल गर्न जरुरी छ।'


 

More form the Internet

loading...