Suvadin, Home

नेपालले आफै नाप्यो सगरमाथाको उचाइ

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो। 

काठमाडौं, जेठ ८ - नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ । बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए । 

नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने जोशीले बताए । सगरमाथाको उचाइ कति भन्ने  ५ महिनापछि मात्रै थाहा हुने सहसचिव जाशीले बताए । सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो । 

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो। दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले  आफैँ उचाइ नाप्नेको हो । 

 


 

More form the Internet

loading...