Suvadin, Home

नयाँ ल्यापटप किन्दै हुनुहुन्छ ? खरिद गर्दा यतिसम्म ध्यान दिनुस् 

सामान्यतः अधिकांशले ल्यापटपको लुक्स, वेब क्याम्प, किबोर्ड, माउसप्याडलगायत बाहिरी कुरा हेरेर ल्यापटप किन्ने गरेको पाइन्छ । तर, तपाईं अब यी कुरामा मात्रै सीमित नरहनुहोस् । आफूलाई मनपर्ने राम्रो ब्रान्ड रोजिसकेपछि ल्यापटप किन्दा ध्यान दिनुस् ।

काठमाडाैं, जेठ ८ - ल्यापटप किन्दै हुनुहुन्छ ? पहिल्यै विचार पुर्‍याउनुहोस् । कुनै ज्ञानविना ल्यापटप किन्दा पछि पछुताउनुपर्ला । सामान्यतः अधिकांशले ल्यापटपको लुक्स, वेब क्याम्प, किबोर्ड, माउसप्याडलगायत बाहिरी कुरा हेरेर ल्यापटप किन्ने गरेको पाइन्छ । तर, तपाईं अब यी कुरामा मात्रै सीमित नरहनुहोस् । आफूलाई मनपर्ने राम्रो ब्रान्ड रोजिसकेपछि ल्यापटप किन्दा ध्यान दिनुपर्ने खास पाँच कुरा यसप्रकार छन्ः

प्रोसेसर
ल्यापटप किन्दा प्रोसेसरमा मुख्य ध्यान दिनुहोस् । प्रोसेसर ल्यापटपको मुख्य इन्जिन हो । प्रोसेसरको स्पिड बुझेर मात्रै ल्यापटप रोज्नुहोस् । प्रोसेसर स्पिड फास्ट भएको ल्यापटप आवश्यक पर्छ । लेटेस्ट टेक्नोलोजीअनुसारको प्रोसेसर हुनुपर्छ । प्रोसेसर स्पिड स्लो भयो भने ल्यापटपको फङ्सन नै स्लो हुन्छ । त्यसो त प्रोसेसरको स्पिड मात्रै फास्ट भएर हुँदैन । प्रोसेसरभित्र हुने क्यास मेमोरीबारे पनि ध्यान दिनुपर्छ । क्यास मेमेरो हाई हुनुपर्छ, जसले ल्यापटपलाई चुस्त राख्छ । प्रोसेसर स्पिड कम तथा क्यास मेमोरी लो भएको ल्यापटपको बुटिङदेखि सबै फङ्सनमा समस्या निम्तिन्छ ।

र्‍याम
ल्यापटपमा प्रोसेसरको भूमिका जति छ, र्‍यामको पनि उत्तिकै हुन्छ । हाई पावरको र्‍याम हुन जरुरी छ । त्यसो त आफूले कस्तो प्रोग्राम या एप्लिकेसन चलाउने हो, त्यसअनुसार पनि र्‍याम आवश्यक पर्छ । वर्ड, एक्सल मात्रै चलाउनेलाई २–४ जिबीको र्‍यामले पुग्छ भने भिडियो एडिटिङ, ग्राफिक्सलगायत काम गर्ने हो भने कम्तीमा ८–१६ जिबीको मेमोरी भएको ल्यापटप आवश्यक पर्छ । आफ्नो आवश्यकतालाई उपयुक्त हुने ल्यापटप हाे/होइन, किन्ने वेलामै ध्यान दिनुपर्छ । त्यसो त र्‍यामको स्टोरेज क्षमता मात्रै होइन, स्पिडबारे पनि ध्यान दिनुपर्छ । अहिले बजारमा ६ सय, ८ सय, १३ सय, १६ सय मेगाहर्ज स्पिडको र्‍याम भएका ल्यापटप उपलब्ध छन् । सकेसम्म १६ सय मेगाहर्ज स्पिडको र्‍याम किन्नु नै उपयुक्त हुन्छ । र्‍यामको जिबीले स्टोरेज क्षमता बताउँछ भने मेगाहर्जले स्पिड फङ्सनलाई जनाउँछ । र्‍याम बढी क्षमताको भएर पनि स्पिड स्लो भयो भने फङ्सनमा समस्या हुन सक्छ ।

मेमोरी
ल्यापटप किन्दा ग्राफिक मेमोरीबारे गम्भीर भएर बुझ्नुहोस् । ल्यापटपमा कस्तो काम गर्ने भन्ने विषयमा निश्चित भएर मात्रै ग्राफिक मेमोरी भएको ल्यापटप किन्नुहोस् । भिडियो एडिटिङ, फोटोसप, डिजाइनिङ, साउन्ड एडिटिङसँग सम्बन्धित काम गर्न ल्यापटप किन्न खोज्नुभएको हो भने ग्राफिक मेमोरीसहितको ल्यापटप चाहिन्छ । यसका लागि डेडिकेडेट ग्राफिक्ससहितको ल्यापटप बजारमा पाइन्छ । यो पनि फरक–फरक जिबी क्षमतामा पाइन्छ । आफ्नो कामको प्रकृति हेरेर किन्नुपर्छ ।

ब्याट्री
पहिलेका ल्यापटपमा ब्याट्री ब्याकअप निकै कम हुन्थ्यो । तर, लेटेस्ट मोडेलका ल्यापटपमा ब्याट्री ब्याकअप राम्रै राखिएको हुन्छ । तर, सबै समान किसिमका भने छैनन् । त्यसैले किन्ने वेला ब्याट्री ब्याकअपबारे ध्यान दिनुपर्छ । अहिले बजारमा ४ र ६ सेल ब्याट्री भएका ल्यापटप बढी चलेका छन् । यसमध्ये ६ सेलको ब्याट्री भएको ल्यापटप किन्नु उत्तम हुन्छ । यसले लामो समयसम्म ब्याकअप दिन्छ । ब्याट्रीमा सेल जति बढी हुन्छ, ब्याकअप उति नै बढी हुन्छ ।

स्क्रिन
स्क्रिनको साइजअनुसार ल्यापटपको साइज तल–माथि हुन्छ । ह्यान्डी साइजको भयो भने बोक्न सजिलो हुन्छ । स्क्रिनको आकार आफूलाई सहज हुने ढंगले रोज्न सकिन्छ । तर, स्क्रिनको पनि रिजोलुसन हुन्छ । यसको ठूलो महत्व हुन्छ । स्क्रिनको रिजोलुसन बुझेर मात्रै ल्यापटप किन्नुहोस् । लो रिजोलुसनको स्क्रिनमा भिडियो, फोटो हेर्दा क्वालिटी राम्रो देखिँदैन । यस्तो स्क्रिनमा कलर डेप्थ आउ“दैन । त्यसैले हाई रिजोलुसन स्क्रिन भएको किन्नुहोस् । १९२०³×१०८० को एचडी स्क्रिन किन्नु राम्रो हुन्छ । योभन्दा माथिको र तलको पनि पाइन्छ । माथिको किन्दा मूल्य बढी पर्छ भने तलको किन्दा मूल्य र क्लालिटी दुवै कम हुन्छ ।


 

More form the Internet

loading...