Suvadin, Home

Cover Image

चार दिनसम्म वर्षाको सम्भावना

मौसमविद् समिर श्रेष्ठले दिएको जानकारीअनुसार भारतमा जुन १ बाट मनशुन सुरु हुनु पर्नेमा केही ढिलाई भएको छ । मुलुकको दक्षिण र पूर्वी तथा पश्चिमी भू–भागमा न्यून चापीय रेखा रहेका कारण केहीँ दिन अझै वर्षा जारी रहने मौसमविद् श्रेष्ठले जानकारी दिएका छन् ।

काठमाडौं, जेठ २२ - आगामी चार दिनसम्म काठमाडौं उपत्यकालगायत देशका अधिकांश भू–भागमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा मनशुन सुरु हुन अझै केही दिन लाग्ने भएकाले नेपालमा जारी वर्षा मनशुनको सुरुवात नभएको महाशाखाले जनाएको छ ।

मौसमविद् समिर श्रेष्ठले दिएको जानकारीअनुसार भारतमा जुन १ बाट मनशुन सुरु हुनु पर्नेमा केही ढिलाई भएको छ । मुलुकको दक्षिण र पूर्वी तथा पश्चिमी भू–भागमा न्यून चापीय रेखा रहेका कारण केहीँ दिन अझै वर्षा जारी रहने मौसमविद् श्रेष्ठले जानकारी दिएका छन् ।

बंगालको खाडीबाट जलवाष्प नेपाल प्रवेश गरेकाले अहिले वर्षा भइरहेको उनले बताए । नेपालमा मनशुन सुरु हुन अझैँ केहीँ दिन लाग्ने उनले जानकारी दिएका छन् ।


 

More form the Internet

loading...