Suvadin, Home

Cover Image

गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिमचितुवा देखियो

बुधवार आयोजनाको मुख्य कार्यालय उत्तरी दोलखाको सिंगटीमा पत्रकार सम्मेलनको गरी गौरीशंकर संरक्षण क्षेत्र भित्र हिमचितुवा भएको जानकारी दिइएको हो। हिउँ चितुवा मध्ये एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो।

दोलखा, जेठ २२- विश्वमै दुर्लभ मानिएको हिमचितुवा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा फेला परेको पुष्टि भएको छ। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले विगु गाउँपालिका - १, लामाबगरको लप्ची उपत्यकामा गरेको क्यामेरा ट्रयापिङ तथा स्थलगत अध्ययनबाट संरक्षण क्षेत्र भित्र हिमचितुवा भएको पुष्टि भएको हो। 

बुधवार आयोजनाको मुख्य कार्यालय उत्तरी दोलखाको सिंगटीमा पत्रकार सम्मेलनको गरी गौरीशंकर संरक्षण क्षेत्र भित्र हिमचितुवा भएको जानकारी दिइएको हो। हिउँ चितुवा मध्ये एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो।

चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी दुर्गम लप्ची उपत्यकाका विभिन्न ११ स्थानमा इन्फ्रारेड सेन्सरयुक्त क्यामेरा जडान गरी ८ महिना अघि थालिएको अनुसन्धानमा हिमचितुवाका तस्बिर खिचिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। 

२०७५ असोजदेखि २०७६ वैशाखसम्म गरिएको अध्ययनले सामुन्द्रिक सतहबाट ४०८७ मिटरमाथि हिमचितुवाका तीनवटा तस्बिर खिचिएको प्रमुख शाहको भनाइ छ। यसअघि रेकर्ड नभएको सुनौलो बिरालोको भिडियो समेत लप्ची उपत्यकामा जडित क्यामेरामा रेकर्ड भएको उनले बताए। गौरीशंकर संरक्षण क्षेत्रमा हिमचितुवा भए नभएको बारेमा एकिन गर्न विशेष अनुसन्धान भएको हो।

 

 


 

More form the Internet

loading...