Suvadin, Home

Cover Image

रोबोटिक्सका कारण रोजगारको अवसर गुम्ने खतरा

यसको व्यापकता, वेग तथा गहिराइको कुनै ऐतिहासिक दृष्टान्त छैन। सन् २०१३ मा डा फ्रे ले निकालेको हिसाब अनुसार आगामी ३० वर्षमा अमेरिकामा कम्तीमा ५० प्रतिशत रोजगारको अवसर एआइ तथा रोबोटिक्समा भएका प्रगतिका कारण जोखिममा पर्न सक्छन्। खासगरि औद्योगिक कामदार, कानुनी निकायका तल्ला कर्मचारी तथा ठूला ट्रक ड्राइभरका काम हराउन थाल्नेछ।

काठमाडाै, असार ३ - विज्ञान तथा प्रविधिमा हुने प्रगतिले सधैँ सकारात्मक एवम् नकारात्मक प्रभाव पार्दै आएका छन् । पहिलो औद्योगिक क्रान्तिले मानवलाई पशुमाथिको निर्भरताबाट बाहिर निस्कन सघायो। दोस्रो क्रान्तिले वृहत् विद्युतीकरण तथा वृहत् उत्पादन भित्र्यायो। कम्प्युटरको युगले कामको प्रभावकारिता बढाइदिएको छ तथा सूचनाको तीव्र गतिमा विस्तार सम्भव गरिदिएको छ।

चौथो औद्योगिक क्रान्ति कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआइ) तथा रोबोटिक्ससँग जोडिएको छ। यसले उत्पादन, व्यवस्थापन तथा शासनका सम्पूर्ण प्रणालीमा आधारभूत परिवर्तन ल्याउने ठानिन्छ।

यसको व्यापकता, वेग तथा गहिराइको कुनै ऐतिहासिक दृष्टान्त छैन। सन् २०१३ मा डा फ्रे ले निकालेको हिसाब अनुसार आगामी ३० वर्षमा अमेरिकामा कम्तीमा ५० प्रतिशत रोजगारको अवसर एआइ तथा रोबोटिक्समा भएका प्रगतिका कारण जोखिममा पर्न सक्छन्। खासगरि औद्योगिक कामदार, कानुनी निकायका तल्ला कर्मचारी तथा ठूला ट्रक ड्राइभरका काम हराउन थाल्नेछ।

रोबोटमाथि कर लगाएर सम्भावित नकारात्मक प्रतिक्रिया पन्छाउन सकिन्छ ?

दुई वर्ष अगाडि अर्बपति परोपकारी तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले क्वार्टज पत्रिकालाई दिएको अन्तर्वातामा रोबोट करको कुरा उठाएका थिए । कैयौँ कारखानाहरूमा रोबोटले कामदारलाई विस्थापित गरिदिएका छन् । गेट्स भन्छन्स् - 'निश्चय पनि अटोमेसनमा पनि कुनै प्रकारको कर हुनेछन्।'

'हाल जब कुनै एक मानिसले कारखानामा ५० हजार डलरको काम गर्छ भने उसले आयकर, सामाजिक सुरक्षा कर जस्ता तिर्छ। यदि रोबोटले त्यही काम गर्छ भने तपाईँलाई लाग्न सक्छ कि उसलाई पनि सोही स्तरको कर लगाउनु पर्छ।' प्रविधि कम्पनीका अर्बपति एलन मस्कपनि रोबोटमाथि कर लगाउने पक्षमा छन्।

 

 

 


 

More form the Internet

loading...