Suvadin, Home

‘एडल्ट साइट’ खोल्न सरकारी इमेल

वैकल्पिक उर्जा प्रर्वद्दन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद ‘नार्क’, आन्तरिक राजस्व विभाग, शसस्त्र प्रहरी बल, र नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो ।

काठमाडौं,१०,फागुन- इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुसार सरकारी इमेलमा निजी कारोबार गर्न नपाइने भएपनि नेपालमा त्यसको उल्टो भइरहेको छ । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययन अनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ ।

वैकल्पिक उर्जा प्रर्वद्दन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद ‘नार्क’, आन्तरिक राजस्व विभाग, शसस्त्र प्रहरी बल, र नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो ।

सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थे्रटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलहरु फिलिङ डटकम एडल्टफे्रन्डफाइडर डटकम र युर्पोनजस्ता वेबसाइटमा प्रयोग गरेको भेटिएको हो । समाचार कान्तिपुर दैनिकमा मा छ ।


 

More form the Internet

loading...