Suvadin, Home

नेपाल ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दै

काठमाडाैं, बैशाख ४ - पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो ।

नेपाली समयअनुसार बिहीबार बिहान २ः३१ बजे भूउपग्रह अन्तरिक्षमा पठाइने जापान, किताक्युसुस्थित क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) का पिएचडी स्कलर तथा बर्डर्स–३, स्याटलाइट परियोजनाका प्रबन्धक नेपाली स्पेस इन्जिनियर आभास मास्केले बताए ।

‘सिग्नस एनजी–११ मिसनको कार्गो रकेटले भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)सम्म पु¥याउँछ। त्यसको एक महिनापछि मात्र भूउपग्रह अन्तरिक्षमा छाडिनेछ,’ उनले भने ।

अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाइँदैछ। मास्के र क्युटेकमै मास्टर्स गरिरहेका नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राविधिक अधिकृत हरिराम श्रेष्ठले नेपाली भूउपग्रह बनाएका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) र क्युटेकबीच डेढ वर्षअघि भएको सम्झौताअनुसार क्युटेकले दुई नेपाली विद्यार्थीलाई बर्ड–३, परियोजनाअन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो । ‘नेपाली स्याट–१’ सहित श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह पनि त्यसै दिन प्रक्षेपण गर्ने कार्यक्रम रहेको मास्केले जानकारी दिए । 

 

 


 

More form the Internet

loading...