Suvadin, Home

Cover Image

भूकम्प सम्बन्धि सचेतनाको जरुरी छ
भुकम्प जाँदा काठमाडौं उपत्यका किन धेरै हल्लिन्छ अन्य स्थानको तुलनामा ? 

भुकम्प आएको महशुस हुनासाथ भाग्न थाल्नु मुर्खता हो, त्यसो गर्दा वरिपरि रहेका सिसाहरु फुटेर, सामानहरु झरेर, इट्टाहरु झरेर लाग्न सक्छ, त्यसैले पहिले आफ्नो नजिकै रहेको सुरक्षित स्थान जस्तै टेबलमुनि या खाटमुनि या यस्तै अन्य कुनै सुरक्षित स्थानमा बसिहाल्नुपर्छ। जब भुकम्पको धक्का सकिन्छ त्यसपछि साबधानीपूर्वक नजिकै रहेको खुल्ला स्थानमा गएर बस्नुपर्दछ।

काठमाडाैं, बैशाख ११ - विनाशकारी भुकम्पपछि स-सना पराकम्प जाने क्रम अझै रोकिएको छैन । आज बिहान मात्रै धादिङको नौबिसे केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको छ । जसको धक्का काठमाडौं उपत्यकामा केहि बढि नै महशुस भएको थियो । तर सानै भुकम्प जाँदा पनि काठमाडौं उपत्यकामा ठलो हलचल पैदा हुन्छ । आखिर यसका वैज्ञानिक कारण छन् । 

काठमाडौंको भु-बनोट विशिष्ट प्रकृतिको छ, ताल पुरिएर बनेको भनिने काठमाडौं उपत्यकाको अधिकांश भागमा धेरै तलसम्म कालो माटो मात्र पाईन्छ, कडा चट्टान धेरै तल मात्र छ। भुकम्पिय तरङगको गति कडा बस्तुमा जति छिटो हुन्छ, नरम बस्तुमा त्यति नै ढिला हुन्छ त्यसैले जब भुकम्पिय तरंग तलको कडा चट्टानबाट माथि नरम माटोमा आउछ। 

भु-बनोट नरम भएका ठाउँहरुमा धेरै हल्लिएको महसुस हुन्छ। काठमाडौंको त्यस्तै नरम भु-बनोट भएको कारणले महसुस धेरै भएको हो। यही कारणले नै टाढा केन्द्रबिन्दु भएको भुकम्पको असर अन्य क्षेत्रमा भन्दा काठमाडौंमा बढि पर्ने गरेको छ।

संरचनाहरुमा पर्ने भुकम्पिय असर यसको उत्पन्न प्रकृति, केन्द्रबिन्दुको दुरी, तरंगको दिशा र संरचनाको अवस्थितिमा भरपर्छ । कुनै एक भुकम्पको लागि कुनै निश्चित क्षेत्रमा संरचनाको अवस्थितिबाहेक अन्य कुरा एकै हुन्छन् तर पनि हुने क्षति फरक हुन सक्छ ।

यदि संरचना वर्गाकार छ भने त्यसमा जुन कुनै दिशाबाट आएको तरंगको असर एकै हुन जान्छ । तर, यदि आयाताकार छ भने त्यसमा तरंग कुन दिशाबाट आएको छ त्यसले पनि असर गर्छ। नरम भु-बनोट भएको र धेरै हल्लिने क्षेत्रमा अग्ला संरचना बढि जोखिममा हुन्छन भने कडा चट्टानमाथि बनेका अग्ला संरचनाहरु पनि बढि जोखिममा हुदैनन्।

भुकम्पिय जोखिम कम गर्न के गर्न सकिन्छ ?

भुकम्पिय जोखीम कम गर्न हामीले संरचना निर्माणमा मुख्य ध्यान दिनुपर्छ जसले भविष्यको नोक्सानी कम गर्न सहयोग पुर्‍याउँछ । नयाँ संरचना निर्माणको बेला यदि हामीले राम्रोसँग ध्यान दिन सक्यौं भने मात्र १० प्रतिशतको अतिरिक्त खर्चमा ५० प्रतिशत धेरै सुरक्षा प्राप्त गर्न सकिन्छ ।

भुकम्प आफैले कसैलाई मार्दैन, हामी आफैले खडा गरेका संरचनाहरु कमजोर हुँदा तिनैको कारण मृत्यु सैय्यामा पुग्न सकिन्छ। त्यसैले संरचनाहरुको निर्माण गर्दा बिशेष ध्यान पुर्याउनुस् ।

बलिया संरचनाका साथसाथै भुकम्प आएको बेला तपाईको वरिपरि रहेका अन्य सामानहरु जस्तै दराज, र्‍याक, भित्तामा वा माथि राखिएका गर्हुंगा सामानहरु पनि क्षतिको कारण बन्न सक्छन् त्यसैले त्यस्ता सामानहरु बलियोसँग राख्नुहोला ताकि भूईचालो जाँदा यस्ता सामानहरु नझरुन् या न पल्टिउन्।

भुकम्प आएको महसुस हुनासाथ भाग्न थाल्नु मुर्खता हो, त्यसो गर्दा वरिपरि रहेका सिसाहरु फुटेर, सामानहरु झरेर, इट्टाहरु झरेर लाग्न सक्छ, त्यसैले भुकम्प महसुस हुनासाथ पहिले आफ्नो नजिकै रहेको सुरक्षित स्थान जस्तै टेबलमुनि या खाटमुनि या यस्तै अन्य कुनै सुरक्षित स्थानमा बसिहाल्नुपर्छ।

जब भुकम्पको धक्का सकिन्छ त्यसपछि साबधानीपूर्वक नजिकै रहेको खुल्ला स्थानमा गएर बस्नुपर्दछ। कुनैपनि भुकम्पको धक्का एक पटक मात्रै आउँछ भन्ने छैन धेरैजसो समय दोहोर्‍याएर आउने गर्छ, मुख्यत कुनै ठुलो भुकम्प जादा यसको अघि र पछि साना भुकम्प जाने गर्दछन त्यसैले केहि समय साबधानीपुर्वक रहनुपर्दछ।

आफैं सचेत हुँदा मात्र पनि धेरै क्षति कम गर्न सकिने हुँदा सबैजनामा भूकम्प सम्बन्धि सचेतनाको जरुरी छ। भुकम्प आएको दिन र माघ २ गते ९भूकम्प दिबस०को दिनमात्र होईन अन्य समयमा पनि यसबारे चर्चा हुनु र जनचेतना फैलाउनु जरुरी छ।


 

More form the Internet

loading...