Suvadin, Home

Cover Image

विशेषज्ञ भन्छन् - आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया
अस्ट्रेलियाको सडकमा भेटियो तीन आँखा भएको अजिङ्गर

नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई 'अद्भुत' भनेको छ। मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो।

Author's Commentary

विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्।

Sb Saud |

एजेन्सि, बैशाख १९ - अस्ट्रेलियाको सडकमा तीन आँखा भएको अजिङ्गर भेटिएकाे खबर छ । वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्।

नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई 'अद्भुत' भनेको छ। मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। 

विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्।

सर्प विशेषज्ञ प्राध्यापक ब्रायन फ्रेले आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया भएको बताए। उनले त्यो सर्पको तेस्रो आँखा विकसित हुन नसकेको जुम्ल्याहाको हुन सक्ने बताए।

बिबिसिबाट 


 

More form the Internet

loading...