Suvadin, Home

Cover Image

पुनर्निर्माणमा खटिएका ७७ वर्षीय कालिगड, जाे टहरोमुनि एकोहोरो ढुङ्गा खोपिरहेका भेटिन्छन्

आकारले ठूलो एवम् छिनाले हान्दा नउप्किने र नचर्कने बलियो ढुङ्गामा बुट्टा कुँद्न सजिलो हुने उनको भनाइ छ। जवानीमा ठूल्ठूला ढुङ्गाहरू आफैँ उचाल्ने र फुटाउने गरेको सम्झने रञ्जितकार अहिले भने आफूले उचाल्न नसक्ने ढुङ्गा अरूले आफूले काम गर्ने ठाउँसम्म ल्याइदिने बताउँछन्।

भक्तपुर, बैशाख २९- भक्तपुरमा तीन सय वर्ष पुरानो राजा भूपतिन्द्र मल्लको सालिक पछाडि प्लाष्टिकको टहरोमुनि एकोहोरो ढुङ्गा खोपिरहेको भेटिन्छन् ७७ वर्षीय कान्छा रञ्जितकार।

उनी विनाशकारी भूकम्पले भत्काएको पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सहर भक्तपुरको दरबार क्षेत्रको वत्सला मन्दिर पुनर्निर्माण गर्न दुई वर्षदेखि खटिएका छन्।

हरेक दिन बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म हातमा छिना र ह्यामर लिइ ढुङ्गामा ट्वाक ट्वाक गरिरहेको वा खोपेको कलालाई मन्दिरमा मिलाइरहेको उनलाई दरबार क्षेत्र पुग्ने जोकोहीले देख्न सक्छ।

रञ्जितकार भन्छन् - म बुढो एक्लो काम गरिरहेको देख्नेहरूले सोध्छन् तपाईँको जुनीमा तयार हुन्छ यो मन्दिर ? दुई वर्षमा जगैदेखिको हिसाब गर्ने हो भने त ७५ प्रतिशत काम सकेँ। भनेको जस्तो ठूलो ढुङ्गाहरू पाउने हो भने दशैँसम्म तयार होला।' रञ्जितकारको अनुभवमा मन्दिरहरू राम्रो र बलियो ढुङ्गाले बनाइएको हुन्छ।

आकारले ठूलो एवम् छिनाले हान्दा नउप्किने र नचर्कने बलियो ढुङ्गामा बुट्टा कुँद्न सजिलो हुने उनको भनाइ छ। जवानीमा ठूल्ठूला ढुङ्गाहरू आफैँ उचाल्ने र फुटाउने गरेको सम्झने रञ्जितकार अहिले भने आफूले उचाल्न नसक्ने ढुङ्गा अरूले आफूले काम गर्ने ठाउँसम्म ल्याइदिने बताउँछन्।

वत्सला दुर्गादेवीको मन्दिरको पुनर्निर्माण विसं २०७३ कार्तिक २० गतेबाट थालिएको हो। तत्कालिन वडा १३ को उपभोक्ता समितिले अरू आठ दश जना मानिसहरूको पनि व्यवस्था गरेको छ।

 

 

 

 

 


 

More form the Internet

loading...