Suvadin, Home

Cover Image

उदाहरणीय छन् सेनाका महिला मेकानिक
'महिलाले कठिन काम गर्न सक्दैनन् भन्ने नेपाली समाजको साँघुरो सोचाई'

नेपाली सेनाका शोभा अधिकारी, कविता थापा, उमा खड्का र स्टारलीना सुवेदीले गाडी मेकानिक पुरुषको काम हो भन्ने मान्यतालाई चुनौती दिइरहेका छन्।

काठमाडाैं,जेठ १ - नेपाली सेनामा प्राविधिक अमलदारको पदमा कार्यरत चार महिलाहरू दैनिक सेनाका गाडीहरू मर्मत गर्छन्। शोभा अधिकारी, कविता थापा, उमा खड्का र स्टारलीना सुवेदीले गाडी मेकानिक पुरुषको काम हो भन्ने मान्यतालाई चुनौती दिइरहेका छन्।

महिनावारीको समयमा शारीरिक रुपमा केही कमजोर महसुस गरेपनि अन्य बेला पुरुषले सरह काम गर्न सकिने उनीहरूको अनुभव छ। काम यो महिला-पुरुषका लागि नै भनी छुट्याइएको हुँदैन भन्ने उनीहरुको धारणा छ । महिलाले कठिन काम गर्न सक्दैनन् भन्ने नेपाली समाजको साँघुरो सोचाई मात्र भएको उनीहरु बताउँछन् ।

 


 

More form the Internet

loading...