Suvadin, Home

Cover Image

समुद्रमा क्यामरायुक्त बेल्ट लगाएको ह्वेल भेटिएपछि...

यसरी ‘इक्विपमेन्ट सेन्ट पिटर्सबर्ग’ लेखिएको त्यो बेल्ट विशिष्ट प्रयोजनका लागि निर्माण गरिएको र त्यसको प्रत्येक साइडमा गो–प्रो को क्यामरा जडान गरिएको थियो ।  

एजेन्सी, जेठ २ - नर्वेको उत्तरी समुद्रमा बेल्ट बाँधिएको र क्यामरा जडान गरिएको ह्वेल माछा फेला परेपछि त्यहाँका स्थानीय आश्चर्यमा परेका हुन् । यस्तोमा त्यसले बाँधेको बेल्ट र क्यामरा निरीक्षण गर्दा ती रुसका उत्पादन भएको पाइएको हो जसपछि मरिन विश्लेषकहरुले सो ह्वेललाई रुसी सेनाले प्रशिक्षण दिएको र त्यो जासुस हुन सक्ने आशंका गरेका छन् । 

यसबारेमा समुद्री जीवविज्ञानी जोर्गेन री विल्गले सिएनएनसँग भनेका छन्, “सो ह्वेल अत्यन्तै चन्चल स्वभावको थियो र हामीलाई लाग्छ त्यसले हामीसँग उसको शरीरबाट उक्त बेल्ट हटाउन मद्दत मागिरहेको छ ।”

यसरी ‘इक्विपमेन्ट सेन्ट पिटर्सबर्ग’ लेखिएको त्यो बेल्ट विशिष्ट प्रयोजनका लागि निर्माण गरिएको र त्यसको प्रत्येक साइडमा गो–प्रो को क्यामरा जडान गरिएको थियो ।  

विल्गका अनुसार सो ह्वेल मर्मानस्क, रुसबाट आएको हो र यसलाई रुसको नावी सेनाले ट्रेनिङ दिएको हुन सक्छ । उनी भन्छन्, “रुसले यसअघि पनि बेलुगस प्रजातिका त्यस्ता ह्वेलहरुलाई सैन्य अपरेसनका लागि ट्रेनिङ गराउने गरेको थियो ।” तिनलाई विशेषगरी नावी बेसहरुलाई सुरक्षा दिन, डाइभरहरुलाई मद्दत गर्न अनि हराएका उपकरण खोज्न लगाइने गरिएको छ । 

नर्वेको इन्सटिटीउट अफ मरिन रिसर्चका अनुसन्धानकर्ता मार्टिन ब्युले पनि विल्गको कुराप्रति सहमति जनाउँदै सो जीवलाई ट्रेनिङ दिइएकामा कुनै शंका नरहेको बताएका हुन् ।

 

 


 

More form the Internet

loading...