Suvadin, Home
Citizen Bank 438.2k

Cover Image

१३ वर्षीय बालक सफ्टवेयर डेभ्लोपमेन्ट कम्पनीको मालिक

पाँच वर्षको उमेरदेखि कम्प्युटरको प्रयोग गर्ने शुरू गरेका उनको अहिले 'ट्रिनेट सोलुसन' नामक अाफ्नै सफ्टवेयर कम्पनी छ।

यूएर्इ, ३ पुस – १३ वर्षीया भारतीय बालक अादित्यान राजेश सफ्टवेयर डेभ्लोपमेन्ट कम्पनीका मालिक हुन्। हाल यूएर्इमा रहेका राजेशले ४ वर्ष पहिलानै मोवाइल एप्लिकेसन बनाएका थिए।

केरेलामा अध्यापन गरेका राजेले पहिलो मोवाइल एप्लिकेसन निर्माण गर्दा ९ वर्षका थिए। फुर्सदको समयलार्इ सदुपयोग गर्दै उनले क्लाइन्टका लागि लोगो र वेवसाइट डिजाइन गर्ने गरेका छन्। पाँच वर्षको उमेरदेखि कम्प्युटरको प्रयोग गर्ने शुरू गरेका उनको अहिले 'ट्रिनेट सोलुसन' नामक अाफ्नै सफ्टवेयर कम्पनी छ।खालेज टाइम्समा उनले भने, 'म केरेलामा जन्मेको हुँ। म पाँच वर्षको हुँदा परिवारको साथमा यूएर्इ अाएको हुँ। मलार्इ बुबाले बिबिसी टाइपिङ वेवसाइट पहिलो पटक देखाउनु भएको थियो जसमा बालबालिकाहले पढ्न र धेरै कुरा सिक्न सक्नेछन्। म स्थापित कम्पनीको मालिक हुन अझै १८ वर्ष नाघ्नुपर्छ। हामीले १२ जना क्लाइन्टहरूका लागि लोगी डिजाइन गरिसकेका छाैँ।' उनीहरू ३ जना भएर कम्पनी चलाइरहेका छन्।


 

More form the Internet

loading...