Suvadin, Home

सन् २०१७ मा अहिलेसम्मकै अत्याधिक गर्मी, वैज्ञानिकहरुले दिए यस्तो चेतावनी

सन् २०१७ मा इतिहासमै अत्याधिक गर्मी भएको विश्व मौसम विभागको तथ्याङ्कले देखाएको छ। यस वर्ष भूमण्डलीय तापक्रम जनवरीदेखि सेप्टेम्बरसम्ममा औसत १.१ डिग्री सेलसियसले बढेकाे हो।

काठमाडौं,कात्तिक २४ – सन् २०१७ मा इतिहासमै अत्याधिक गर्मी भएको विश्व मौसम विभागको तथ्याङ्कले देखाएको छ। यस वर्ष भूमण्डलीय तापक्रम जनवरीदेखि सेप्टेम्बरसम्ममा औसत १.१ डिग्री सेलसियसले बढेकाे हो।

सन् २०१५ देखि भूमण्डलीय उष्मीकरण र वातावरणीय प्रकोप नियन्त्रण गर्न जलवायु परिवर्तन संयुक्त राष्ट्र फ्रेमवर्कले पेरिस एग्रीमेन्टको शुरुवात गरेको थियो। 

पेरिस एग्रीमेन्टमा भूमण्डलीय तापक्रमलाई बढीमा दुई डिग्री र १.५ डिग्री सेलसियसमा स्थिर राख्ने लक्ष्य थियो।  तर अनुमान गरिए भन्दा बढी तापक्रम पुगेको हो।

सन् २०१५ र २०१६ मा भूमण्डलीय तापक्रम बढेको थियो र यस वर्ष झन अत्याधिक रुपमा उच्च रहेको अनुसन्धानले  देखाएको छ। यसको असर विशेषगरी दक्षिण युरोप र अफ्रिकामा  देखा परेको छ। 

विश्व मौसम विभागका महासचिव पेट्टरीका अनुसार एशियामा तापक्रम ५० डिग्री सेलसियससम्म पुगेको छ। र केरिवियन,एट्लानटिकमा समुन्द्री आधीले आयरल्यान्डसम्म असर पुर्याएको थियो।

पूर्वी अफ्रीकामा भूमण्डलीय उष्मीकरणले गर्दा   बेमौसमी वर्षा,सुख्खा जस्ता समस्याहरु देखा परेका छन्। भूमण्डलीय उष्मीकरण मानवीय क्रियाकलापकै कारण यस्तो समस्या  भएको अनुसन्धानले पुष्टि गरेको छ। 

सन् १८६१ देखि २००५ सम्म १७ पटक उच्च तापक्रम भएको वर्ष उल्लेख भइसकेको छ। यदि मानव गतिविधिमा सुधार गरिएन भने सन् २१०० देखि प्रत्येक वर्ष उच्च तापक्रमको सूचीमा उल्लेख हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।– एजेन्सीकाे सहयाेगमा
 


 

More form the Internet

loading...