Suvadin, Home

अाज मिति २०७४ साल माघ २९ गते साेमबार, यस्ताे छ तपार्इकाे राशीफल

अाज मिति २०७४ साल माघ २९ गते साेमबार। अाजकाे १२ वटा राशीकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।

बृष राशी – अनावश्यक ठाउँमा धन खर्च हुनबाट जाेगिने छ। व्यापार व्यवसायमा सफलता आउने छ। साथीसंगीबाट दरिलाे साथ पाइने छ।

मिथुन राशी – राज्यबाट मान सम्मान पाइनेछ। समाजिक कार्यमा मन जाला। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कर्कट राशी – विशिष्ट व्यक्तिको सहयोग पाइने छ। रमणीय र सुखद यात्राको योग छ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

सिहं राशी – समय प्रतिकुल भई कुलतमा मन जाने छ। घर व्यवहारको समस्याले सताउनेछ। बन्न लागेको काम बिग्रिने छ।

कन्या राशी – नयाँ काम वा रोजगार पाइनेछ। कार्यमा सफलता पाइनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

तुला राशी – सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। नयाँ कार्यको थालनी होला। अतिथिको आगमन हुनेछ।

बृश्चिक राशी – मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ। अतिथिको आगमन हुनेछ। पार्टनरमा सफलता मिल्नेछ। l

धनु राशी – अविश्वाश उत्पन्न हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। नाक तथा घाँटीमा समस्या आउँला।

मकर राशी – छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेम सम्बन्ध कसिलो हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

कुम्भ राशी – वित्तीय संस्थाबाट सहयोग पाइनेछ। स्वादिष्ट भोजन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

मीन राशी – शिक्षामा सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। मंगल कार्यको योग छ।


 

More form the Internet

loading...