Suvadin, Home

आज मिति २०७४ साल फागुन २८ गते साेमबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७४ साल फागुन २८ गते साेमबार। आज १२ वटा राशीको फल यस प्रकार रहेको छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्।

मेष राशी –  विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्नेछ। स्वास्थ्य बिग्रिएला।

वृष राशी– मायाप्रेममा सफलता प्राप्त हुनेछ। पढार्इमा पनि सफलता प्राप्त हुनेछ।

मिथुन राशी– पार्टी तथा सेमिनारमा सहभागी भइएला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

कर्कट राशी– रोजगारको अवसर मिलनेछ। प्रयत्न गरे फाइदा लिन सकिनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

सिंह राशी– ठीक समयमा सही निर्णय लिन सकिनेछ। पारिवारिक सहयोग मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ।

कन्या राशी– मनमा दुविधा उत्पन्न हुनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला। मानसिक चिन्ता बढ्नेछ।

तुला राशी– छोटो दुरीको लाभदायक यात्रा रहला। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। दिनको उत्तरार्ध सुखद रहनेछ।

वृश्चिक राशी– राजनीतिक कार्यमा सफलता मिल्नेछ। अादर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। भूमि लाभ रहला।

धनु राशी– साथीभाईसंग समय बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मकर राशी– रमणीय र सुखद यात्राको योग छ। आकस्मिक धन लाभ हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला।

कुम्भ राशी– राजनीतिक कार्यमा बाधा आउनेछ। सहकर्मीबाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनुहोला।

मीन राशी– मनमा शान्ति र अनुहारमा कान्ति छाउला। बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लाभदायक यात्रा होला।


 

More form the Internet

loading...