Suvadin, Home

क्यान्सर पिडितद्वारा मृत शरिर संरक्षण गर्न गरेको अनुरोधको पक्षमा अदालत

“म धेरै भन्दा धेरै बाँच्न चाहेको र वैज्ञानिकले भविष्यमा पक्कै क्यान्सर निको पार्ने प्रविधि पत्ता लगाउने छन् । त्यही प्रबिधिको प्रयोग गरेर सय बर्ष पछि भएपनि म पुनर्जीवित हुन चाहन्छु त्यसैले मलाई अन्त्येष्टि नगर्न अनुरोध गर्दछु,” उनले पत्रमा भनेकी छन् । 

 

लण्डन (बेलायत), ३ मङ्सिर ।

बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ । पत्रमा उनी क्यान्सरको उपचार नहुदा ज्यान गुमाउन परेको तर आँफूलाई यस धर्तीमा पूरा जीवन जीउने इच्छा प्रकट गर्दै भनेकी छन्, “म धेरै भन्दा धेरै बाँच्न चाहेको र वैज्ञानिकले भविष्यमा पक्कै क्यान्सर निको पार्ने प्रविधि पत्ता लगाउने छन् । त्यही प्रबिधिको प्रयोग गरेर सय बर्ष पछि भएपनि म पुनर्जीवित हुन चाहन्छु त्यसैले मलाई अन्त्येष्टि नगर्न अनुरोध गर्दछु,” उनले पत्रमा भनेकी छन् । 

किशोरीको मृत्युनिकट अवस्थामा लेखिएको पत्रले लण्डनस्थित उच्च अदालतलका न्यायधिस पिटर ज्याकसनलाई प्रभावित पारेपछि उहाँले किशोरीको अन्तिम इच्छालाई पूरा गर्न स्वीकृती दिनेगरी फैसला सुनाउनु भएको हो । यो किसिमको अपिल र फैसला बेलायतमा पहिलो भएको भन्दै कार्यान्वयनमा लान अनुरोध गरिएको हो । किशोरीले आफुलाई सुरक्षित राख्न ३७ हजार पाउन्डको रकम लाग्ने पत्रमा जनाइएको छ । 

किशोरीका अभिभावकले उक्त सर्तलाई सुरुमा अस्वीकार गरेका थिए । किशोरीकी आमा यो कुराको पक्षमा आए पनि बाबुले अस्वीकार गर्न खोजे पनि अन्तिम समयमा छोरीको मृत्यु नजिकिएको अवस्थामा प्रस्तावलाई स्वीकार्न बाध्य भए । किशोरी र अभिभावकको नाम कानुनी जटिलताको कारण देखाउँदै सार्वजनिक गरिएको छैन । किशोरीले आफ्नी आमालाई मृत शरीरलाई व्यवस्थापन गर्न आग्रह गरेअनुसार अनको शरीरलाई अत्यन्तै न्यून तापक्रममा राख्न (क्राइओजिनिकली प्रिजभ्ड) का अनुमति दिइएको हो । 

यस प्रविधिअनुसार मृत शरीरलाई सुरक्षित राखिएमा भविष्यमा उपचारबाट शरीरलाई जीवन दिन सकिने एक अप्रमाणित प्रविधिबारे केही मानिसले चर्चा गर्ने गरेको थाहा पाएपछि किशोरीले अदालत समक्ष सो आग्रह गरेकी हुन् । युनिभर्सिटी कलेज, लन्डनका न्यून तापक्रम प्रविधिसम्बन्धी विज्ञ ब्यारी फुलरले अत्यधिक चिसो तापक्रममा शरीरका तन्तुहरुलाई संरक्षण गर्न सकिने भए पनि यसलाई अहिलेसम्म मानव मिर्गौलाजस्ता ठूला भागमा प्रयोगमा नल्याइएको बताउनु हुन्छ । 

तत्काल हामीसँग मानिसको सम्पूर्ण शरीरलाई ‘क्राइओप्रिजर्भेसन’ प्रविधिद्वारा जीवित राखेका वस्तुगत तथ्यहरु छैनन् तर भविष्यमा तन्तुलाई पुनःजीवित गर्न सकिने सम्भावना देखिन्छ, फुलरले थप्नुभयो । उहाँले यस सम्बन्धमा रिसर्चहरु भइराखेका बताउनुभयो । यदि अनुसन्धानले सकारात्मक नतिजा पाएमा भविष्यमा मानव शरीरका महत्वपूर्ण अङ्ग प्रत्यारोपणका लागि ‘क्राइओप्रिजर्भेसन’ उपयोगी हुनेछ, उहाँको भनाई छ । रासस-एपी 


 

More form the Internet

loading...