Suvadin, Home

चन्द्रमामा 4G टेक्नाेलाेजी जडान, रोबोटको सहायताबाट चन्द्रमाको लाइभ भिडियो खिच्न सकिने

नेपालमा मात्र नभएर संसारका कतिपय स्थानमा 4G नेटवर्क पुगेको छैन्। तर, वैज्ञानिकहरुले चन्द्रमामा फोरजी नेटवर्क पर्याउने महत्वकांक्षी योजना अघि बढाएका छन्।

काठमाडाैं, फागुन २० – नेपालमा 4G टेक्नाेलाेजी सन् २०१६ डिसेम्बर ३० बाट मात्र शुरूवात भएकाे हाे। नेपालकै कति स्थानमा अझै 4G टेक्नाेलाेजी पुगेकाे छैन्।

नेपालमा मात्र नभएर संसारका कतिपय स्थानमा 4G नेटवर्क पुगेको छैन्। तर, वैज्ञानिकहरुले चन्द्रमामा फोरजी नेटवर्क पर्याउने महत्वकांक्षी योजना अघि बढाएका छन्।

भोडाफोन जर्मनी र नोकियाको सहकार्यमा चन्द्रमामा 4G नेटवर्क सञ्चालन गर्न लागिएको हो। 4G टेक्नाेलाेजी जडान भएपछि रोबोटको सहायताबाट चन्द्रमाको लाइभ भिडियो खिच्न सकिनेछ। 

यो नेटवर्क बर्लिनको पार्ट टाइम साइन्टिस्ट नामक कम्पनीको सहयोगमा बनाइनेछ। सन् १९६९ मा नील आर्मस्ट्रंग र एडविन एल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए। चन्द्रमामा मानव पाइला राखेको ५० वर्ष पुगेको अवसरमा चन्द्रमामा फोरजी नेटवर्क राख्न रोबोट पठाउन लागिएको हो।

भोडाफोन जर्मनीको आधिकारिक रिपोर्टका अनुसार आउँदो वर्षमा चन्द्रमामा फोरजी नेटवर्क जोडिने छ। यसका लागि भोडाफोनले काम थालिसकेको छ। कम्पनीले नोकियासँगको प्राविधिक सहकार्यमा यस्तो महत्वाकांक्षी योजना अघि बढाएको हो। 

पीटी साइन्टिस्टका संस्थापक रोबर्ट बोमले फोरजी नेटवर्कको सहयोगले चन्द्रमाको कम खर्चमा नै एचडी भिडियो डाटा प्राप्त गर्न सक्ने बताएकाे छ। स्पेस डटकमका अनुसार कार निर्माता कम्पनी अडीले बनाएको रोबोट चन्द्रमामा पठाइनेछ। निजी खर्चमा नै पूरा गरिने यो पहिलो मिसन हो। 

सामान्यतया इन्टरनेट सर्भिसका लागि टावर लगाइने गरिन्छ। तर, चन्द्रमामा यस्तो हुँदैन। नोकिया फोरजी ट्रांसमिसनले यसका लागि सबैभन्दा हलुका ट्रान्समिसन उपकरण बनाउनेछ। नोकियाका अनुसार यो ट्रान्समिसनको तौल १ किलोभन्दा कम रहेको छ। 

4G ट्रांसमिसनका लागि १८ हजार मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गरिनेछ। जुन एचडी भिडियोका लागि उपयुक्त मानिन्छ। स्मिथसोनियन डट कमका अनुसार रोबोटले पहिला लन्चरको एचडी भिडियो पठाउँछ। त्यसपछि सब–स्टेसनले भिडियो पृथ्वीमा पठाउँछ। 

पीटी साइन्टिस्टका अनुसार यो रोबोटमा चारवटा पांग्रा हुनेछ। जसको सहायताले चन्द्रमाको खाल्डाखुल्डी जमिनमा रोबोटलाई यात्रा गर्न सहज हुनेछ। यो रोबोट ३० किलोग्रामको हुनेछ। यो रोबोटले ५ किलोग्राम अतिरिक्त भार लैजान सक्छ। 

रोबोटले फोरजी प्रविधिको सहयोगले थ्रीडी भिडियो पनि खिच्न सक्छ। विश्वका कतिपय स्थानमा सञ्चार सेवा नै नपुगेको अवस्थामा चन्द्रमामा निजी खर्चमा फोरजी नेटवर्क सञ्चालन गर्ने कुरालाई एकदमै महत्वका साथ हेरिएको छ।


 

More form the Internet

loading...