Suvadin, Home

क्यान इन्फोटेकको २३ औं संस्करण सकियो

काठमाडौं, माघ १८- सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’ सकिएको छ। काठमाडौंको भृकुटीमण्डपमा यही माघ १३ गतेदेखि सुरू भएको क्यानको २३ औं संस्करणको प्रर्दशनी मंगलबार सकिएको हो।

कम्प्युटर एसोसिएसन आफ नेपाल (क्यान) को आयोजनामा हरेक वर्ष हुने मेलामा विभिन्न कम्पनीका नयाँ उत्पादन, सेवा, विश्वमा प्रचलित नयाँ नयाँ प्रविधि र उपभोक्ता योजना सार्वजनिक गरीएको थियो। मेला आयोजकले अपेक्षा भन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको जनाएको छ।

मेलामा नयाँ प्रविधि, विश्व बजारमा आएका प्रविधिहरुको नयाँ संस्करणको बारेमा अवलोकनकर्ताले अत्याधिक रुची देखाएको क्यानका अध्यक्ष इन्जिनियर विनोद ढकालले जानकारी दिए। उनले प्रविधि मानिसको दैनिक जीवनको अभिन्न अंग भइसकेकाले मेलामा सबै वर्गका मानिसको रुची र उल्लेख्य सहभागीता भएको बताए।

प्रदर्शनीमा कम्प्युटर हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसरिज, डिलर डिस्ट्रिव्युसन र इन्टरनेट सेवा प्रदायकहरु सहभागी थिए। यस्तै डिजिटल टिभी, उच्च क्षमता भएका इन्टरनेट सेवा प्रदायक र सामसुङका सुविधा सम्पन्न आधुनिक मोबाइल सेटहरु अवलोकनकर्ताहरुको मुख्य आकर्षणको केन्द्र रहेको आयोजकले जनाएको छ। मेलामा चार लाख अवलोकनकर्ता सहभागी भएको बताइएको छ।

 


 

More form the Internet

loading...