Suvadin, Home

कुकुर र बिरालोलाई पनि हुन्छ मधुमेह

माया गरेर घरमा पालेको कुकुर बिरामी छ? उसलाई पटकपटक पिसाब लाग्छ? वा तौल नै घटिरहेको छ?  कतै बिरालो पनि त बिरामी छैन?  धेरैलाई मधुमेह र थाइराइड रोग मानिसहरुलाई मात्र देखिने गरेको भ्रम छ।

काठमाडौं, चैत २२– माया गरेर घरमा पालेको कुकुर बिरामी छ? उसलाई पटकपटक पिसाब लाग्छ? वा तौल नै घटिरहेको छ?  कतै बिरालो पनि त बिरामी छैन?  धेरैलाई मधुमेह र थाइराइड रोग मानिसहरुलाई मात्र देखिने गरेको भ्रम छ।

तर, केही यस्ता तथ्य फेला परेका छन्। जसले यी रोग पछिल्ला दिनमा घर पालुवा जनावरमा पनि हुने गरेको देखाउँछ। रोयल भेटनरी कलेजका डा. स्टिज्न निसेनले मानिसमा देखिने गरेका मधुमेह र थाइराइड जस्ता रोग घरपालुवा जनावरमा पनि देखिने गरेको बताए।

दुर्इ हजार बिरालोमा गरिएको परीक्षणमा एउटामा मधुमेहको दोस्रो चरण देखिएको छ। तीन दशकअघि ९ सय बिरालामध्ये एउटामा त्यस्तो देखिने गरेको थियो। आरवीसीका अनुसार बेलायतमा प्रत्येक १ हजार कुकुरमा तीन वटासम्ममा मधुमेह पाइएको छ।

यी जनावरहरुलाई राम्रोसँग नियाल्दा उनीहरुलाई प्यास लाग्ने, चाँडो–चाँडो पिसाब गर्ने र तौल घटिरहेको देखिएमा यी रोगका लक्षण हुनसक्छन्। मानिस र जनावर दुबैमा एकै किसिमका लक्षण देखिन्छन्। अरु पनि धेरै यस्ता रोग छन्, जुन मानिस र घरपालुवा जनावरमा समान रुपमा देखिन्छन्। 


 

More form the Internet

loading...