Suvadin, Home

व्यायामबाटै  विश्व कीर्तिमान 

रक्तचाप र मधुमेहका रोगी पाल्पा–५, दर्छाका ६० वर्षीय रामचन्द्र खनालले व्यायमबाटै रोग निको मात्रै पारेनन् विश्व कृतिमान पनि रच्दै छन् । 
तस्वीर: www.self.com

 

 कृष्ण दर्नाल \पाल्पा

 रक्तचाप र मधुमेहका रोगीले नियमित औषधि सेवन गर्दछन् । तर पाल्पा रामपुर नगरपालिका–५, दर्छाका ६० वर्षीय रामचन्द्र खनालले भने औषधि सेवन गर्न छाडेर नियमितरुपमा सिटअप व्यायाम गरेर निरोगी बन्दै अहिले विश्व कीर्तिमान नै बनाउन सफल भएका छन्  । 

अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान ६० मिनेटमा दुई हजार ६ सय एक पटकलाई तोडेर खनालले ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सो व्यायाम गरी विश्व रेकर्ड राख्न सफल भएको खनाल बताए । 

खनाललाई डाक्टरले दिएको रक्तचाप र सुगरको औषधि नियमित खानुपर्ने सल्लाह लिएर घरमा आए । औषधि खानभन्दा व्यायामतर्फ नै दैनिक सक्रिय भएसँगै रोगी होइन कुशल खेलाडीका नामले अहिले चिनिन थाले  । नेपाल सरकारको सेवानिवृत्त भएसँगै उच्च रक्तचाप र सुगर देखिएपछि उहाँ समस्यामा पर्ेका उनी नियमित औषधि खानुपर्ने  र जीवनलाई झनै कष्टकर बन्ने अवस्था व्यायामले र छुटकारा दिएका हो । 

“व्यायामपछि जीवन जिउने शैली फरक भयो, डाक्टरले दिएको डोकाभरि औषधि खानुभन्दा व्यायाम राम्रो लाग्यो,” खनालले भने । विसं २०७० मा नेपाली सेनामा दुई महिना आवासीय तालिममा सहभागी हुन पाउने खनाल सैनिक बाहेकका पहिला व्यक्ति हुन् । २०६६ मा कृषि विकास बैंकको अधिकृतबाट निवृत्त भएका खनाल २०७० सालमा पहिलोपटक काठमाडौँको दशरथ रङ्गशालामा खेल प्रदर्शन गर्ेका थिए । पछिल्लो पटक ०७३ साल असारमा काठमाडौँमा भएको प्रदर्शनमा दशवटा बिभिन्न रेकर्ड पनि बनाउन सफल भए । 

एक मिनेटमा ५८, दुईमा मिनेटमा एक सय १५, पाँच मिनेटमा दुई सय ७८, १० मिनेटमा पाँच सय ३५, १५ मिनेटमा सातसय ७०, २० मिनेटमा एक हजार, ३० मिनेटमा एक हजार चारसय ३६ र ६० मिनेटमा दुई हजार ६ सय २५ पटक सिटअप व्यायाम गरेपछि उनले आपनो नाम विश्वभरि फैलाउन सफल भएका हुन  ।

स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले खनालको विश्व कीर्तिमानीले खेल क्षेत्रमा पाल्पा पनि विश्वसामु परिचित हुने मौका पाएको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले सबै रेकर्डको गिनिज बुक अफ रेकर्ड्सका लागि पहल भएको र यसका लागि आवश्यक सहयोग र सिफारिस गरेको बताए । 
                                                                                                               रासस 
 


 

More form the Internet

loading...