Suvadin, Home
Citizen Bank 421.8k

Cover Image

सामाजिक सञ्जला फेसबुकमा समस्या 

फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो। केही क्षेत्रको समस्या समाधान भएको छ। तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन्।

काठमाडौं,३० फागुन-सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ। विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन्।

फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो। केही क्षेत्रको समस्या समाधान भएको छ। तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन्।

फेसबुकले समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने बताएको छ। फेसबुकको एप्लिकेशन प्रयोगमा समस्या भएको देखिएको छ।

यस्तो समस्या यसअघि सन् २००८ मा देखिएको थियो र त्यो बेला फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए। अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन्।

समस्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन। यो समस्या नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि सुरु भएको हो।


 

More form the Internet

loading...