Suvadin, Home

अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

विश्वकाे सर्वाधिक लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकका कारण विश्वमा अातंकवादी गतिविधिले प्रश्रय पाएकाे अाराेप लागिरहेका बेला फेसबुकले अातंकवादी गतिविधि राेक्ने बताएकाे छ। 'फेसबुक पोस्ट हुने सामग्री आतंकवादलार्इ प्रश्रय दिने खालका छन् कि छैनन् भनि पत्ता लगाउन हामीले ‘अल्गोरिदम’ नामक प्रविधि विकास गर्न लागेका छाैं,' पत्रमा भनिएकाे छ, 'यस प्रविधिले सामाजमा शान्ति स्थापनाकाे निमित्त सहयाेग पुग्ने विश्वास छ।'
मार्क जुकरबर्ग । तस्विरः एजेन्सी

काठमाडाैं, फागुन ८


विश्वकाे सर्वाधिक लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकका कारण विश्वमा अातंकवादी गतिविधिले प्रश्रय पाएकाे अाराेप लागिरहेका बेला फेसबुकले अातंकवादी गतिविधि राेक्ने बताएकाे छ।

फेसबुकका सिइअाे मार्क जुकरबर्गले एक पत्र सार्वजनिक गर्दै फेसबुकमा पोस्ट हुने सामग्री जाँच गर्न सक्ने एउटा सफ्टवेयर निर्माणमा जुटेको बताएका छन्।

'फेसबुक पोस्ट हुने सामग्री आतंकवादलार्इ प्रश्रय दिने खालका छन् कि छैनन् भनि पत्ता लगाउन हामीले ‘अल्गोरिदम’ नामक प्रविधि विकास गर्न लागेका छाैं,' पत्रमा भनिएकाे छ, 'यस प्रविधिले सामाजमा शान्ति स्थापनाकाे निमित्त सहयाेग पुग्ने विश्वास छ।'

पत्रमा मार्कले विश्वभरका फेसबुकका अर्बाै प्रयाेगकर्ता रहेकाे उल्लेख गर्दै अर्बाै पाेस्ट तथा म्यासेजहरू जाँच गर्नु व्यfवहारिक रूपमा चूनाैतीपूर्ण रहेपनि त्यसलाइ सार्थकता दिन अाफूहरू लागि परेकाे उल्लेख गरेका छन्।


 

More form the Internet

loading...