Suvadin, Home

छोराछोरी कलेज पुगेको खबर अभिभावकको मोबाइलमा

कलेजले एटिएम मेसिनजस्तै उपकरण कलेजमा राखेको छ। सिलवालका अनुसार कलेजले परिचयपत्रको सट्टा विद्यार्थीलार्इ कार्ड दिएको छ। विद्यार्थी कलेज अाएपछि यही कार्ड उपकरणमा रजिस्टर गर्छन्, त्यसले विद्यार्थी हाजिरी भएको अभिभावकको मोबाइलमा जानकारी जान्छ। ‘कलेजबाट निस्किँदा पनि यो कार्ड उपकरणमा एकपटक स्क्यान गराउनुपर्ने नियम बनाइएको छ,’ सिलवाल भन्छन्, ‘यसले विद्यार्थी कलेजबाट निस्किएको खबर अभिभावकको मोबाइलमा पुग्छ।’  
कलेज।

काठमाडाैं, माघ २० -  प्रत्येक दिन बिहान सवेरै साढे छ बजेभन्दा केही अगाडि काठमाडाैं चावहिल निवासी हरि श्रेष्ठको मोबाइलमा नियमित म्यासेज अाउँछ। 

माेबाइलमा अाउने विभिन्न खाले अनावश्यक म्यासेजले उनलार्इ पनि समस्या नपारेकाे हैन। कहिल्यै कुनै कम्पनीकाे, टेलिकमका विभिन्न अफरका म्यासेज, कार्यक्रममा सहभागिताका म्यासेज। यस्तै विविध किसिमका म्यासेजहरू, जसले उनलार्इ अनावश्यक झन्झट दिन्छन्। 

तर, प्रत्येक दिन बिहानै उनकाे माेबाइलमा अाउने एउटा म्यासेज ‘डियर प्यारेन्ट्स योर चाइल्ड इज प्रिजेन्ट्स इन कलेज टुडे’ ले उनलार्इ झन्झट हैन, ढुक्क बनाउँछ। 

बिहानै कलेजका लागि भनेर घरबाट निस्किएका छोराछोरी कलेज पुग्नेवित्तिकै अाफैं अभिभावककाे माेबाइलमा अाउँछ। उक्त म्यासेजले हरिसँगै थुप्रै अभिभावकहरूलार्इ ढुक्क बनाएकाे छ। 

काठमाडाैं, बत्तीसपुतलीमा अवस्थित गाेल्डनगेट कलेजले घरबाट कलेज हिँडेका छोराछोरी पुगे पुगेनन् ‘अटाेमेटिक म्यासेज’ प्रविधि सुरू गरेको छ। यसले कलेज हिँडेका छोराछोरी अन्तै त अल्मलिएका छैनन् भन्ने संशयबाट अभिभावक मुक्त भएका छन्। 

अभिभावक श्रेष्ठ भन्छन्, ‘घरबाट कति खेर हिँडेकाे हाे, अनि कलेज कति खेर पुग्याे भन्ने विषयमा हामी ढुक्क हुन्छाैं। कलेजले सुरू गरेकाे याे अभियान तारिफयाेग्य छ।' 

गाेल्डनगेट कलेजले विधार्थी उपस्थित भएकाे मात्रै हैन, विधार्थी कलेजबाट गएकाे, विधार्थीकाे परिक्षाफलबारे अभिभावकलार्इ जानकारी दिलाउन, स्पाेर्टस सप्ताहकाे जानकारी गराउन, अपर्झट कलेज बन्द हुने अवस्था अाएमा खबर गर्ने प्रविधि सुरूवात गरेकाे छ। 

‘हामीले तिहार अघिदेखि नै यी प्रविधिहरूकाे सुरूवात गरेका थियाैं,’ कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले भने, ‘त्यतिबेला हामी परिक्षणमा थियाैं, त्याे सफल भएपछि  हाल भने हामीले पूर्ण रूपमा यसलार्इ प्रयाेगमा ल्याएका हाैं।’  

अाफ्ना छोराछोरीहरूबारे जानकारी पाएपछि अभिभावकहरू ढुक्कसँगै उत्साहित रहेको सिलवालले बताए। अभिभावकहरूकाे सकरात्मक प्रतिक्रियाले याे प्रविधि सफल भएको उनले बताए।

कलेजलार्इ प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो प्रयोग थालेको उनले बताए। ‘सायद याे नेपालमा पहिलाे प्रयास हाे। यसलार्इ अन्य कलेज तथा स्कुलहरूले पनि लागू गर्नुपर्छ,’ उनले सुझाव दिए।

कसरी सम्भव भयो यस्तो?

यसका लागि कलेजले एटिएम मेसिनजस्तै उपकरण कलेजमा राखेको छ। सिलवालका अनुसार कलेजले परिचयपत्रको सट्टा विद्यार्थीलार्इ कार्ड दिएको छ। विद्यार्थी कलेज अाएपछि यही कार्ड उपकरणमा रजिस्टर गर्छन्, त्यसले विद्यार्थी हाजिरी भएको अभिभावकको मोबाइलमा जानकारी जान्छ। ‘कलेजबाट निस्किँदा पनि यो कार्ड उपकरणमा एकपटक स्क्यान गराउनुपर्ने नियम बनाइएको छ,’ सिलवाल भन्छन्, ‘यसले विद्यार्थी कलेजबाट निस्किएको खबर अभिभावकको मोबाइलमा पुग्छ।’  

कार्यालयमा हाजिरीका लागि डिजिटल उपकरण त प्राय: प्रचलनमा अाइसकेको छ। तर, कलेजमा यस्तो प्रविधि यसअघि कतै पनि प्रयोग भएको सुनिएको छैन।

‘पहिले अभिभावकहरूमा अाफ्ना छोराछोरीहरू कलेज पुगे कि पुगेनन् भन्ने चिन्ता सधैं रहन्थ्याे, कहिलेकाहीँ विधार्थीहरू घरबाट अाए पनि कलेज अाउँदैन थिए। स्मार्ट प्रविधिकाे प्रयाेगसँगै त्याे समस्या पूर्णरूपमा निर्मूल भएकाे छ,’ सिलवालले भने। 

यो प्रविधि सँगसँगै कलेजले बसहरूमा 'ट्यापिङ' प्रविधि जाेडेकाे सिलवालले बताए। उनले भने, ‘यसले कलेज बिदा भइसके पनि विभिन्न कारणमा बाटाेमै अल्झिएकाेबारे जानकारी गराउँछ। बस कहाँ पुग्याे, कहाँ छ भन्ने कुरा हामीलार्इ याे प्रविधिबाट थाहा हुन्छ।’ 

सिलवालका अनुसार यो प्रविधि भारतमा विकास गरिएको हो। नेपालमा भने हालसालै आइपुगेको हो। 

एउटा सफ्टवेयर कम्पनीबाट कलेजले खरिद गरेको हो। यो उपकरणलाई ‘इक्लाउड’ भनिन्छ। कलेजको प्रवेशद्वारमा यो मेसिन राखिएको छ। सिलवालका अनुसार तत्कालका लागि प्लस टुमा अध्ययनरत् विद्यार्थीका लागि मात्र यो उपकरण प्रयोग गरिएको छ। 

‘प्रतिविद्यार्थी वार्षिक ११ सय रुपैयाँ टोटल खर्च लाग्ने रहेछ,’ उनले भने। विद्यार्थी कलेज आएको, गएको जानकारीसँगै लाइब्रेरी कार्ड, आइडेन्टिटी कार्ड, फिसमेत यही कार्डबाट सम्भव हुने भएकोले धेरै नै सजिलो भएको सिलवालले बताए। 
 


 

More form the Internet

loading...