Suvadin, Home
Nepal life 2.265M

भोली हरितालिका तिजः अाज दर खाएर हिन्दु महिलामा उल्लासका साथ मनाइँदै

तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो। टाढा टाढा रहेका चेलीहरु शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन्।

काठमाडौं, २६ भदाै– आज तीजको दर खाने दिन। तीजको ब्रत बस्ने महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राती अवेरसम्म दर खादै नाचगान गर्ने प्रचलन रहिआएको छ।

तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो। टाढा टाढा रहेका चेलीहरु शनिबार माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन्।

दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ। पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखिनै दर खाने चलन बसेको छ। हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ।

हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन्।


 

More form the Internet

loading...