Suvadin, Home

Cover Image

एप्पलको आइफोन ११ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

एजेन्सी । एप्पलले सेप्टेम्बर १० मंगलबार तीनवटा नयाँ आइफोन ११ सिरिज सार्वजनिक गरेको छ । एप्पलले मंगलबार नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको सार्वजनिक गरेको हो । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।

आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको थियो । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसकेको जनाएको छ ।

मंगलबार आफ्नो क्यालिफोर्नियाको हेडक्वाटरमा एप्पलले सम्भावित रुपमा सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गर्दै चर्चामा रहेका केही 'फिचरहरु मिसिङ् भएको जनाएको छ । 

आइफोनले ७२९ डलरबाट सुरु  यस सिरिजको सुरुवात गरेको छ भने प्रो मोडल भने १०४९ र १४४९ डलर मूल्यका छन् । 

सबै डिभाइस पछिल्लो वर्षकै मोडलको भए पनि क्यामरा र भिडियो फिचर भने फरक रहेको बताइएको छ । नयाँ आइफोन ११ को क्यामेरा प्रणालीमा पछाडिपट्टी तीनवटा क्यामरा राखिएका छन् । 

जसमध्ये अतिरिक्त क्यामेराले अल्ट्रा– वाइड एङ्गल प्रदान गर्नेछ भने आर्टिफिसियल इन्टिेलिजेन्स एआइ युक्त सफ्टवेयर पनि जडान गरिएको छ । त्यसले फोटो र भिडियो एडिटिङ फिचरमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । 

त्यसैगरी नयाँ आइफोन प्रो व्यासायिक रुपमा शक्तिशाली अर्थात अधिक क्षमतावान् प्रयोगकर्ताका लागि लक्षित रहेको बताइएको छ । तर पनि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभ-जीलगायतका चुनौतीमय तरिका अपनाइरहँदा एप्पल भने आफ्नै गतिमा अघि बढ्ने निर्णय गरेको हो । 

जसलाई पनि जोखिमयुक्त नीति नै बताइएको छ । किनकि आइफोनको व्यापार अझै पनि एप्पल कम्पनीको सबैभन्दा ठूलो आम्दानीकर्ता हो । यस्तोमा पछिल्ला केही महिनामा आइफोनबाट प्राप्त आम्दानीमा दुई अङ्कको गिरावट आएको छ । 

यसकारण पनि नयाँ आइफोन कम्पनीका लागि महत्वपूर्ण रहनेछ । चीनसँगको व्यापारिक युद्ध र अपग्रेडका लागि ग्राहकहरुले लामो समय कुर्नु परेका कारण नै व्यापारमा त्यति ठूलो क्षति भएको बताइएको छ । व्यापारिक युद्धपछि चीनमा आइफोनको मागमा ठूलो गिरावट आएको हो । यसबारेमा एबीआइका रिसर्च एनालिस्ट डेभिड मेक्वीन भन्छन्, “एप्पलले आफ्नो डिजाइनमा ठूलो परिवर्तन ल्याएमा मात्र उच्च लाभ हासिल गर्न सक्नेछ । तर कम्पनीका लागि यो हरेक वर्ष गर्न सम्भव छैन ।” 

उनले एप्पलको आइफोन ५ एस मोडलबाट आइफोन ६ तर्फको ठूलो बदलावको संकेत गरेका हुन् । एप्पलका लागि त्यो वर्ष ऐतिहासिक साबित भएको थियो । यस्तोमा यो वर्ष एप्पलको प्रमुख प्राथमिकता द्रुत गतिको प्रोसेसर, फेस आईडीमा सुधार र नयाँ क्यामरासँगै थ्रीडी टच हटाउनेलगायत रहेको कम्पनीको भनाइ छ । 

त्यस्तै यसले ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्नेलगायतका नयाँ फिचर पनि ल्याएको छ । त्यसैगरी ‘इन टच आइडी सेन्सर’ का लागि चाहिँ अझै अर्को वर्ष कुर्नुपर्ने भनिएको छ । यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको हो । 

त्यसैले यी फिचरबिना एप्पलका लागि यो पटकको आइफोन लन्च चुनौतीमय हुने प्राविधिकहरु बताउँछन् । मंगलबार आइफोन ११ का साथै एप्पल वाच पनि लन्च  गरिएको छ ।


 

More form the Internet

loading...