जेसिका कक्सलार्इ काठमाडाैंकाे माया
खुट्टाले जहाज चलाउने साहसी महिलालार्इ नेपालमा स्वागत
काठमाडौं, भदौ १८ –सुन्दा धेरैलाई अच्चम लाग्ला। अमेरिका निवासी एक महिलाका दुई हात छैनन्। तर, उनको जीवन सामान्य मानिसभन्दा केही कम छैन। हात छैनन्, तर उनी अकाशमा जहाज उडाउँछिन, कार गुडाउन सक्छिन्, पियानो बजाउँछिन्।
उनी हुन् अमेरिकाकी जेसिका कक्स। अमेरिकामा जन्मिएकी तिनै कक्सलाई काठमाडौंको नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)ले सम्मान गरेको छ।
उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको हो। ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन्।
खुट्टाले हवाई जहाज चलाउने पहिलो महिलाको रुपमा कक्सले गिनिज बुकमा नाम लेखाएकी छन्। उनकी आमाले विभिन्न चिकित्सक, धामी, झाँक्री कहाँ छोरीको उपचार गराइन्। तरपनि उनको हात पलाउन सकेन।
हातै नभएपछि जेसिकाले अरु बच्चाले हातले गर्ने काम खुट्टाले नै गर्न थालिन्। उनी सानीछँदा उनीकी आमाले खौलानाहरु उनको खुट्टामा नै राख्ने गर्थिन्।
एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन्।उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको सहारा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन्। उनले २००५ मा प्लेन उडाएकी थिइन्।
२००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो। तीन वर्षको उमेरदेखि नै जेसिकाले जिम्न्यास्टीकको कक्षा लिन थालेकी थिइन। ६ वर्षको उमेरमा त उनी घर पछाडि पोखरीमा पौडन सक्ने भईसकेकी थिईन्। उनी खुट्टाले खाना पकाउँछिन, भाँडा माझ्छिन, लेख्ने तथा टाईप समेत खुट्टाले नै गर्छिन्।
जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए।
उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो। तर, नाटले यो सुविधा दिएको छ। उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चाहान्छु।’
जेसिकाले २०१२ मा तेक्वान्दो प्रशिक्षक प्याट्रिकसँग विवाह गरिन्। उनी मोटिभेस्नल स्पीकरका रुपमा देश विदेशमा प्रवचन दिने गर्छिन। उनी भन्छिन, सृजनात्मकता, लगनशिलता र भयरहित हुनेलाई कुनै कुरा असम्भव छैन।