Suvadin, Home

नगद हैन प्रेम कहानी जम्मा गरिन्छ यस बैंकमा

स्लोभाकियाको बन्स्का स्टिभनिका यो बैंकको नाम नै लभ बैंक हो। हरेक वर्ष भ्यालेन्टाइन डेको अवसरमा सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दै विशेष प्रदर्शनीको अयोजना गरिन्छ।

काठमाडाैं, साउन १४ – विश्वमा बैंक भन्नाले पैसाकाे काराेवार गर्ने वा राख्ने ठाँउ बुझिन्छ। तर, विश्वमा  यस्तो बैंकको पनि छ  जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ।

स्लोभाकियाको बन्स्का स्टिभनिका यो बैंकको नाम नै लभ बैंक हो। हरेक वर्ष भ्यालेन्टाइन डेको अवसरमा सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दै विशेष प्रदर्शनीको अयोजना गरिन्छ।

विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो बैंकको स्थापना गरिएको हो। विश्वको सबैभन्दा लामो उक्त प्रेमकविताका लेखक स्लोभाकियन कवि आन्द्रेज स्लेडकोविक हुन्।

मारिया जुन घरमा बस्थिन् सोही भवनमा लभ बैंक स्थापना गरिएको छ। हरेक वर्षको भ्यालेन्टाइन डे मा उक्त बैंकमा ठूलो संख्यामा प्रेमजोडीहरु आउँछन्, त्यहाँ अन्तरक्रियात्मक प्रदर्शनी हुन्छ। अझ रोचक त के भने बैंकमा एउटा लभ मिटर रखिएकाले लभ मिटरमा प्रेमी प्रेमिकाहरुले आफ्नो प्रेमको मापन गर्दछन्।

 


 

More form the Internet

loading...