Suvadin, Home

आज चन्द्र ग्रहण लाग्ने के गर्नु हुन्छ, के गर्न हुँदैन?

नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ। बेलुका ६ बजेर ३६ मिनेटमा ग्रहणका कारण चन्द्रमा पूरै ढाकिने छ। ग्रहणको मध्यकाल सवा ७ बजे रहने र ७ बजेर ५२ मिनेटमा ग्रहणले छाड्दै जानेछ।

काठमाडाैं, १७ माघ – अाज नेपाली समय अनुसार बुधबार बेलुका ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण शुरु हुनेछ। यो ग्रहण नेपाल लगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताईवान, न्युजिल्याण्ड, अष्ट्रेलिया, युरोपका देश, रसिया, अमेरिकाको अलास्का र अफ्राकाका केही देशबाट समेत देख्न सकिनेछ।

नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ। बेलुका ६ बजेर ३६ मिनेटमा ग्रहणका कारण चन्द्रमा पूरै ढाकिने छ। ग्रहणको मध्यकाल सवा ७ बजे रहने र ७ बजेर ५२ मिनेटमा ग्रहणले छाड्दै जानेछ।

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ। ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि गर्नहुन्छ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ। यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन। समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन्।


 

More form the Internet

loading...